Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

प्रतिगामी कदमको प्रतिकार गर्न पर्साका चार विद्यार्थी संगठनकाे आव्हान

spot_img
spot_img
वीरगंज । पर्साका चार विद्यार्थी संगठनले प्रधानमन्त्री र रास्ट्रपतिको प्रतिगामी कदमको प्रतिकार गर्न आव्हान गरेका छन् ।
 
नेवि संघ, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन र अनेरास्ववियूकाे ठाकुर राम इकाई समितिहरुले संयुक्त रुपमा आइतबार प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिद्वारा गरिएकाे संसद विघटनलाई प्रतिगामी कदम ठहर गर्दै यस्ताे आव्हान गरेकाे अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य शिवम साहले वताए ।
 
नेवि संघका ठाकुर राम इकाई समिति अध्यक्ष मनाेज कुमार साह, अखिल (क्रान्तिकारी)का ठाकुर राम इकाई समिति अध्यक्ष  अभिषेक ठाकुर, समाजवादी विद्यार्थी युनियनका ठाकुर राम इकाई समिति अध्यक्ष हरिन्द्र साह र अनेरास्ववियूकाे ठाकुर रामका संयाेजक मन्जय यादवले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै  क्याम्पससंग आवद्ध सम्पुर्ण लोकतान्त्रिक एवम् गणतन्त्रीक शक्तिहरु एक जुट भइ प्रधानमन्त्री र रास्ट्रपतिको प्रतिगामी कदमको प्रतिकार गर्न आव्हान गरेकाे  हुन् । उनीहरुले यसका साथै संयुक्त संगठनीक मोर्चा बनाउन अपील समेत गरेका छन् ।
 
उनीहरुद्वारा जारी विज्ञप्तीमा देश कोरोनाले अक्रान्त भएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेष्ठ ८ गते संसद विधटन गरि मध्यवधि निर्वाचन घोषना गरेका छ्न । प्रधानमन्त्रीको यो कदमले जनता र देशलाई अस्थिरता तर्फ ढकेलेको हाम्रो स्पष्ट बुझाइ रहेको छ । संसदको विघटनले संविधान माथी प्रहार भएको छ र देशलाइ आन्तरिक द्वन्द तर्फ ढकेलिएको उल्लेख गरेका छन् ।
 
यसका साथै महामारी ब्यवस्थापनमा ध्यान नदिएको कारण अस्पताल, बेड, ओक्सीजन, औषधीको हहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनता माथिको खेलवाड भएकाे जारी विज्ञप्तीमा उल्लेख छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...