Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

चक्कु प्रहार गरी निजगढमा युवककाे हत्या, अभियुक्त पक्राउ

spot_img
spot_img

वीरगंज । बाराकाे निजगढ नगरपालिकाका वडा नं. ९ बुद्ध चाैकमा चक्कु प्रहार गरी एक युवककाे हत्या गरिएकाे छ । मंगलबार विहान १८ बर्षिय कालु भनिने रोहित शर्माकाे घाटीमा चक्कु प्रहार गरी हत्या गरिएको हाे । 

मृतक राेहित एक्लै घरमा रहेको बेला उनीसंगै बसेका रौतहट चन्द्रपुर नगरपालिका वडा नं.४ निवासी २९ बर्षिय अरुण कुमार सिंहले उनकाे हत्या गरेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ । प्रहरीले उनलाई पक्राउ समेत गरिसकेकाे छ ।

पक्राउ परेका अरुणले अनुसन्धानको सिलसिलमा अनुसन्धान टोली समक्ष आफुले उक्त घटना घटाएको बयान समेत दिएको प्रहरीले जनाएकाे छ ।

घटना घटाउँदा प्रयोग गरिएका कपडाहरू ( ज्याकेट, पाइन्ट ) निजको चपुरस्थित निजकै घरमा र  हत्यामा प्रयोग गरिएका चक्कु तथा मोटर साइकल समेत बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पहरी नायब उपरिक्षक गाैतम मिश्रले वताए ।

अभियुक्त अरूणलाई चपुरस्थित नजिकै किराना पसलबाट नियन्त्रणमा लिइएको उनले जानकारी दिए । उनका अनुसार निजको हातहरूमा काटिएको आलो घाउहरू तथा रगत समेत रहेको फेला परेकाे छ ।

अभियुक्त अरूणकाे मृतकसँग पहिला देखिनै रिसइवि रहेको थियाे । अरुणकाे राेहीतसंग लागू औषध सेवन गर्ने विषयमा विवाद भइरहने, आफुलाई अपमानित गरेको अरुणले ब्यान दिएकाे उनले वताए ।

यसका साथै, पिस्तोलले हानी मारीदिन्छु भनेको कारणले निजलाई मार्ने मनसाय अनुसारनै चक्कुसहित साेमबार राती ९:३० बजेदेखि नै निज मृतककै घरमा निजसँगै बसेका अरुणले मंगलबार बिहान ४ बजे तिर चक्कु प्रहार गरी हत्या गरी भागी चपुरस्थित घरमा गई कपडा बदलिई पसलमा गई बसेकाे अवस्थामा पक्राउ गरिएकाे प्रहरी नायब उपरिक्षक मिश्राले जानकारी दिए ।   

पक्राउ परेका अरुणमाथी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

घटनाको सूचना प्राप्त हुने बितिकै इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरिक्षक र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरिक्षक मिश्रको कमाण्डमा अनुसन्धान टोली घटनास्थलमा पुगी अनुसन्धान प्रकृया अगाडी बढाइएको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...