Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

बारामा धारिलो हतियार प्रहार गरि एक महिालाको हत्या

spot_img
spot_img

वीरगंज । बारामा धारिलो हतियार प्रहार गरि एक महिलाको हत्या भएको छ । महागढिमाई नगरपालिका वडा नम्वर १ निवासि बैझनाथ प्रसाद कुशवाहाकाे ४८ बर्षिय श्रिमति कान्ति देबी कुश्वाहाकाे हत्या भएको प्रहरीले जनाएकाे छ ।

नगरपालिकाकाे वडा नम्बर १ मठवा टोलस्थित आफ्नै घरमा सुतिरहेकी उनकाे अज्ञात समुहद्वारा आइतबार राति १० बजेको समयमा  धारिलो हतियार प्रहार गरी हत्या भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले वताए ।

स्थानियहरुका अनुसार घरमा कोहि नभएको बेला उनकाे हत्या भएकाे हाे । हिजो बेलुका साझ श्रीमान घरबाट खाना खाइ घर बाहिर गएको बेला कुशवाहाकी श्रीमतीको हत्या भएको स्थानियहरुले जनाएका छन् । घर फर्के पछि श्रीमतीलाई घरको पैसेजमा आचेत अवस्थामा देखेपछि स्थानियलाई घटना बारे जानकारी भएको थियो ।

स्थानीयका अनुसार मृत्यु भएको कान्ति देवी बिगत २० बर्षदेखि उनी गाउँमा नास्ता पसल खोली ब्यवासाय गर्दै आएकी थिइन् ।यस्तो घटना सो स्थानमा पहिलो भएको स्थानीयहरुकाे भनाई छ । हत्या भएको घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय बाराले जनाएकाे छ । घटनास्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएकाे प्रहरी प्रबक्ता मिश्रले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...