Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

भाेलेन्टियर समुहद्वारा नारायणी अस्पतालकी डा. पाठक सम्मानित

spot_img
spot_img

वीरगंज । भोलन्टियर समुह बिरगंजले एक कार्यक्रमकाे बिच नारायणी अस्पतालकी डा. निरा पाठकलाई सम्मान गरेकाे छ ।

काेराेना भाइरस (कोभिड -१९) काे महामारीकाे जोखिमपूर्ण घडिमा अग्रपंक्तिमा रहि काम गरेकी नारायणी अस्पतालकाे प्रयाेगशाला प्रमुख डा. पाठकलाई सम्मान गरिएकाे भाेलन्टियर समुह वीरगंजका संयाेजक राजन श्रीवास्तवले वताए ।

डा. पाठकले आफ्नो र आफ्नो परिवारको पनि पर्वाह नगरि निरन्तर नारायणी अस्पतालमा स्वाब संकलन गर्नुका साथै कोरोना पिसिआर ल्याबको सन्चालनमा अविस्मरणीय एवम् अतुल्य भुमिका निर्वाह गरेकी उनलाई सम्मान गरिएकाे उनले जानकारी गराए ।

भोलेन्टियर समुह बिरगंजका संयोजक श्रीवास्तवको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथी पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्तले डा. पाठकलाई फुलकाे माला र अबिरकाे टिका लगाई सम्मान- पत्रले सम्मान गरेकी थिइन ।

वीरगंजस्थित होटल कन्ट्रि ईनमा भएकाे सम्मान कार्यक्रममा नेपाल होटेल व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले मायाको चिनो दिएर सम्मान गरेका थिए ।

साे कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमाेद ठाकुर, प्रेस संगठन पर्साका अध्यक्ष निरज पिठाकोटे मगर, हेमा थापा मानन्धर , शिवनाथ यादव, भोलेन्टियर समुहका किसन सरार्फ, बिजय गुप्ता, दिलपाल साह, रोहित शर्मा, राधेश्याम गुप्ता, शेष हजरा, अमरनाथ पटेल, संचारकर्मी लगायतको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन कायस्थ समुहका रयान कायस्थले गरेका थिए ।

स्वागत मन्तव्य हरि पन्तलेले राखेकाे कार्यक्रमको सहजीकरण किशन सरार्फले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...