36.8 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

मेयर सरावगीकाे आयाेजनामा धाेबिनीमा आँखा शिविर सम्पन्न

वीरगंज । पर्साकाे धोबिनी गाउँपालिकाकाे वडा नं. २ आसवारीमा आइतबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।

वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी र माट्रीका आइ फाउन्डेसनको संयुक्त आयाेजनामा भएकाे शिविरमा ३ सय ६ जनाले आँखा परिक्षण गराएका थिए । जस मध्ये १७६ जनामा मोतियाबिन्दका बिरामीहरु फेला परेकाे मेयर सरावगीकाे सचिवालयले जनाएकाे छ ।

शिविरकाे उद्घाटन वीरगंज महानगरका मेयर सरावगी नै गरेका थिए । शिविरकाे उद्घाटन गर्दै मेयर सरावगीले समाजिक दायित्व वहन गर्दै वीरगंज महानगरमा मात्र नभई जिल्ला ग्रामिण भेगमा पनि शिविर संचालन गरिएकाे वताए ।

शिविरमा माेतियाबिन्द फेला परेका सबै जनाको पुष २१ गते माट्रीका आइ फाउन्डेसनमा नि:शुल्क शल्यक्रिया समेत गरिने छ ।

शिविरमा उद्घाटन समाराेहमा जनता समाजवादी पार्टीका नेता सलाउदीन अहमद, जगदिश पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.316 sec. Memory consumption:82.49 mb