Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

प्रचण्ड नआउने भएपछि बिन्दावासिनीमा हुने श्रद्धाञ्जली सभा स्थगित

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. २ बहुअर्वा भाठामा बुधबार हुने स्व. मुकेश चाैरसियाकाे श्रद्धाञ्जली सभा स्थगित भएकाे छ ।

श्रद्धाञ्जली सभाका प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड” नआउने भएपछि कार्यक्रम स्थगित भएकाे हाे । सभा आयाेजक नेकपा बिन्दवासिनी गाउँपालिका कमिटीले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै कार्यक्रम स्थगित भएकाे जनाएकाे छ ।

गाउँपालिका किमिटीका अध्यक्ष बिक्रम प्रसाद चाैरसियाले प्रेस विज्ञप्ती जारी गर्दै कार्तिक २६ गते हुने स्व. चाैरसियाकाे श्रद्धाञ्जली सभा स्थगित गरिएकाे जनाएका हुन । विज्ञप्ती मार्फत तेह्राैं दिनकाे पुण्य तिथीमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड लगायत विशिष्ट नेताहरुकाे उपस्थितीमा हुने श्रद्धाञ्जली सभा देशकाे राष्ट्रिय राजनिति अत्यन्त गम्भिर अवस्थामा रहेकाे र विश्व महामारीकाे कहरकाे बर्तमान अवस्थालाई मध्यनजर गर्दै स्थगित गरिएकाे जनाइएकाे छ ।

 १० औं हजारकाे जन सहभागितामा हुने श्रद्धाञ्ज सभा अध्यक्ष प्रचण्डकाे सल्ला अनुसार स्थगित गर्नु परेकाे विज्ञप्तीमा उलेख गरिएकाे छ ।

अध्यक्ष प्रचण्डले पनि बिन्दवासिनी गाउँपालिका कमिटीका अध्यक्षलाई एक पत्र लेख्दै श्रद्धाञ्जली सभामा काेभिड १९ काे महामारी र राष्ट्रिय राजनितिमा उत्पन्न समस्याका कारण प्रमुख अतिथीकाे रुपमा मेराे उपस्थिती हुन नसक्ने जनाएका छन् ।

कार्तिक ६ गते नेकपा बिन्दवासिनी गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरुकाे सपथ ग्रहण कार्यक्रममा दुई पक्ष बिच भएकाे झडपमा परी गम्मिर घाइते भएका नेकपा जिल्ला सदस्य एवं गाउँपालिका किमिटीका सचिव स्व. चाैरसियाकाे कार्तिक ७ गते उपचारकाे क्रममा मृत्यु भएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...