Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

चाैरसिया मृत्यु प्रकरण : निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न जसपाकाे माग

spot_img
spot_img

वीरगंज । मुकेश चाैरसिया मृत्यु पक्ररणकाे निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनु पर्ने जनता समाजवादी पार्टी (जसपा) पर्साले माग गरेकाे छ ।

तत्कालिन समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव र राष्ट्रिय जनता पार्टी पर्साका अध्यक्ष जगदीश पटेलले आज संयुक्त रुपमा एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिन्दवासिनी गाउँपालिका कमिटीकाे सपथ ग्रहण कार्यक्रममा भएकाे झडपमा परी मृत्यु भएकाे गाउँ कमिटीका सचिव चाैरसियाकाे मृत्यु सम्बन्धमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनु पर्ने माग गरेका छन् ।

सपथग्रहण कार्यक्रममा भएको झडपमा साङ्घातिक आक्रमणमा परेर नेकपाका पर्सा जिल्ला कमिटी सदस्य तथा गाउँ कमिटी सचिव चौरसियाको मृत्यु भएको घटनाले हामी मर्माहत भएका छौँ । यो नितान्त गैरराजनीतिक घटना हो । मुलुकको प्रचलित कानुनले किटान गरे अनुसार फौजदारी अपराधको यस घटनाको मुद्दा दर्ता भइ निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्छ भन्ने हाम्रो दृढ माग रहेकाे जारी विज्ञप्तीमा जनाइएकाे छ ।

साथै नेपाल प्रहरीले यी र यस्ता घटनाहरुमा दबाब र प्रभावबाट मुक्त भएर पेसागत ब्यवसायिकतालाई पालन गर्नुपर्छ । कानुनी राज्य र बिधिको शासनको प्रत्याभूति गराउन प्रहरी, प्रशासन र न्यायीक निकायहरु बिचलनमुक्त हुन जरुरी छ । साथै यस दुर्भाग्यपूर्ण घटनापछि नेकपा पर्साका साथीहरूले समेत यसलाई राजनीति आवरण दिनबाट बच्नु पर्छ विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

मृतकप्रति र उनको परिवारजन प्रति न्याय गर्नको लागि एकमात्र बाटो भनेको निष्पक्ष अनुसन्धानमार्फत घटनालाई स्वतन्त्र रुपमा न्यायीक सुनुवाइ गर्दै दोषीलाई कानुन बमोजिम दण्डित गर्नु नै हो । यसमा कोही पनि बाधक न बन्न जसपा पर्साले विज्ञप्ती मार्फत अपीलसमेत गरेकाे छ ।

विज्ञप्तीमार्फत नै जसमा पर्साले मृतक प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो संवेदनासमेत व्यक्त गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...