37.1 C
Birgunj
17 April 2025
KALIKATIMES.COM

जुनियर डाक्टरहरु बिचकाे विवाद सहमतीमा सुल्झियाे

वीरगञ्ज । जुनियर चिकित्सकहरु बीच भएको विवाद सहमतीमा सुल्झिएकाे  छ । नारायणी अस्पतालका चिकित्सक डा. दिपक चाैरसिया र मेडिकल अफिसर डा. विजय महताे बिच भएकाे विवाद सहमतिमा सुल्झिएकाे वताइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा सोमबार प्रहरी, चिकित्सक संघका प्रतिनिधि, विवादित चिकित्सक बीच भएको छलफलमा सहमति भएकाे हाे । डा. चाैरसिया र डा. महताेले एकअर्का माथी आवश्यक कारवाहीकाे माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि साेमबार छलफल भएकाे थियाे ।

छलफलकाे क्रममा दुबै डाक्टरहरुले आ आफ्नाे गल्ती स्विकार गर्दै अबदेखी यस्ताे नहुने वताए पछि विवाद सुल्झेकाे चिकित्सक संघ नारायणी वीरगंजका सचिव डा. उदयनारायण सिंहले वताए । उनले विवादित जुनियर चिकित्सकहरुले आगामी दिनमा यस्तो घट्ना दोहोरिन नदिने प्रतिबद्दता समेत व्यक्त गरेको जनाए ।

जिल्ला प्रहरी कार्यालय पर्साले पनि चिकित्सकहरुले आपासी समझदारीमा विवादको समाधान खोजेको जानकारी गराएको छ ।

डा‍‍. चाैरसिया र डा. महताे बिच आइतबार चिकित्सक संघकाे भवनमा मेडिकल अफिसरहरुकाे आन्दाेलनकाे बिषयमा विवाद हुदा हात हलाहालसमेत भएकाे थियाे । साेही विवादमा चिकित्सक संघ नारायणीका सचिव डा. सिंहलाई पनि जाेडेर डा. महताेले समाचार दिएकाे भन्दै उनले पनि जिप्रकामा महताे विरुद्ध निवेदन दिएका थिए ।

जिप्रकामा भएकाे छलफलकाे क्रममा डा. महताेले चिकित्सक संघका सचिव डा. सिंहसंग गल्ती भएकाे स्विकार गर्दै क्षमासमेत मागेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

कालिका टाईम्स

गहुँको छवाली र ठूठ्ठा जलाउदा आगलागीको जोखिम

कालिका टाईम्स

प्रदेश स्तरीय महिला सञ्जाल सँगको छलफल वीरगंजमा सुरु

कालिका टाईम्स
SQL requests:215. Generation time:7.535 sec. Memory consumption:82.49 mb