25.1 C
Birgunj
14 April 2025
KALIKATIMES.COM

राउन्ड टेबुलद्वारा क्याटकाे नि:शुल्क भाेजन अभियानमा सहयाेग

वीरगंज । वीरगंज राउण्ड टेबुल ३, वीरगंजले काभिड एक्सन टिम (क्याट)लाई साेमबार खाद्य सामग्री सहयाेग गरेकाे छ ।

काेराेना प्रभावितहरुकाे लागि क्याटद्वारा संचालित नि:शुल्लक भाेजन अभियानमा रेडियाे वीरगंजका कार्यकारी अध्यक्ष धुब्र साहकाे पहलमा संस्थाले सहयाेग गरेकाे हाे । संस्थाले चामल १० बाेरा, दाल ५ बाेरा, खाने तेल ७५ लिटर, आलुु एक बाेरा र प्याज एक बाेरा सहयाेग गरेकाे क्याटका सदस्य तबरेज अहमदले जानकारी दिए ।

राउन्ड टेबलका आराेह मित्तलले क्याटकाे सचिवालय जिल्ला समन्वय समितिका पर्साकाे कार्यालयमा पुगी साे सामग्री हस्तारण गरेकाे सदस्य अहमद वताए । मित्तलले साे सामग्री क्याटका संयाेजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख नेक महम्द अंसारीलाई हस्तान्तरण गरेका हुन् ।

क्याटले काेराेना महामारीका कारण नराम्राेसंग प्रभावित हुन पुगेका असहाय, गरिब र दीनदु:खिहरुका लागि नियमित रुपमा दुई हप्तादेखि निशुल्क उपलब्ध गराईरहेकाे सदाबर्त भाेजन अभियान संस्थाले सहयाेग गरेकाे क्याटका सदस्य श्याम पटेलले वताए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

शाेभा यात्रामा ढुंगामुडा भएपछि झडप हुँदा एसपि, डिएसपि सहित ४० जना घाइते

कालिका टाईम्स

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स
SQL requests:215. Generation time:6.442 sec. Memory consumption:82.51 mb