Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

बिन्दवासिनी गाउँपालिकाकी महिलाको कोरोना संक्रमणबाट मृत्यु

spot_img
spot_img

वीरगञ्ज । पर्सामा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । बिन्दाबासिनी गाउँपालिका वडा नं. ३ इटियाही निवासी ७० बर्षिय महिलाकाे मृत्यु भएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

प्रशासन कार्यालयका अनुसार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेकी महिलाको आइतबार विहान ११:४० बजे मृत्यु भएको हाे ।

क्षयरोग तथा श्वासप्रश्वासमा समस्या रहेकाे महिलाकाे भदौं ६ गते शनिबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । साेही दिन उनकाे स्वाब संकलन गरि आरटी पिसिआर परिक्षण गर्दा नतिजा काेराेना पाेजिटिभ आएकाे थियाे ।

अस्पताल भर्ना गरेपश्चात स्वास्थ्य अवस्था थप बिग्रिदै गएपछि उनलाई आइसीयुमा राखेर उपचार सुरु गरिएको थियो । आइसीयु मै उपचारकाे क्रममा महिलाकाे मृत्यु भएकाे प्रशासन कार्यालयले उपलब्ध गराएकाे सुचनामा उल्लेख छ ।

याेसंगै प्रशासन कार्यालयकाे तथ्यांक अनुसार पर्सामा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३० पुगेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...