Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाईकाे आइसाेलेसन सिडिओ तामाङद्वारा अनुगमन

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकामा संचालनमा रहेकाे आइसाेलेसनकाे प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङले अनुगमन गरेका छन् ।

नगरपालिकाकाे ३ ठाउँमा संचालनमा रहेकाे सेमि आइसाेलेसनकाे शुक्रबार सिडिओ तामाङसहितकाे टाेलीले अनुगमन गरेकाे नगरपालिकाकाे स्वास्थ्य संयाेजक बिदुर उप्रेतीले जानकारी दिए ।

साे अनुगमन टाेलीमा प्रहरी उपरिक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, चण्डीप्रसाद गणका प्रमुख सेनानी मदन जंग राणा, नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत तिर्थ राज पाैडेल लगायतकाे सहभागिता रहेकाे थियाे ।  

नगरपालिकाले श्री नेपाल अधारभुतमा विद्यालय वैरिया बिर्ता, श्री महाविर साह माध्यमिक विद्यालय नगरदाहा र श्री सिताराम आधारभुत विद्यालय भाैंराटारमा सेमि आइसाेलेसन संचालनमा ल्याएकाे संयाेजक उप्रेतीले जानकारी गराए ।

उनका अनुसार बैरिया बिर्ताकाे आइसाेलेसनमा १७ जना, नगरदाहामा १२ जना र भाैराटारकाे आइसाेलेसनमा ३४ जना संक्रमितहरु रहेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...