Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

साहकाे अन्त्येष्टि सम्बन्धमा गलत प्रचार गर्नेमाथी कारवाहीकाे माग

spot_img
spot_img
वीरगंज । पर्साकाे बीरगंज महानगरपालिका वडा नं. १३ शिवनगर टोलका स्वर्गीय लाल बाबू साह कलवारको अन्त्यष्टि सम्बन्धमा गलत प्रचार गर्नेमाथी राष्ट्रिय एकता अभियानले कारवाहीकाे माग गरेकाे छ ।
 
अभियानका केन्द्रिय सदस्य कृष्ण साहले मंगलबार पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई ज्ञापन पत्र बुझाउदै आइतबार भएकाे लालबाबु साहकाे अन्त्यष्टि सम्बन्धमा हिन्दू बिरोधी तत्तवले फैलाएको दुश्प्रचारबारे छानविन गरि दाेषी उपर कारवाही गर्न माग गरेका हुन् ।
 
केन्द्रिय सदस्य साहले निषेधाज्ञाका कारण प्रमुख जिल्ला अधिकारी तामाङकाे समन्वयमा जिल्ला प्रशासन कार्यालयकाे इमेलमा ज्ञापना पठाउदै अन्त्येष्टि बारे गलत प्रचार गरि हिन्दु समाजलाइ बदनाम गर्ने विरुद्ध कारवाहीकाे माग गरेका छन् । उनले पठाएकाे ज्ञापन पत्रमा कोरोना संक्रमणको कारण साहकाे शव जलाउन हिन्दु समाजबाट कोही तयार नहुदा सम्बधित वडाको अध्यक्ष तूफान अंसारीले केही मुस्लिम समुदायको व्यक्तिको सह्योगबाट मृतकको दाह सन्सकार गरेको झुटो प्रचार गरिएकाे भन्दै यस्ताे कार्य को कसबाट कुन उद्देश्यका साथ गरियो ? यो छानबिनको बिषय भएकाे उल्लेख गरिएकाे छ ।
 
मृतकको दाहसन्सार पूर्ण रुपले हिन्दू समुदायले नै गरेकाे र त्यस क्रममा मुस्लिम समुदायका एम्बुलेन्स चालकले दागबती दिने व्यक्तिकाे कपाल मुन्डन गर्न सहयाेग मात्र गरेकाे जनाइएकाे छ । तर त्यसलाई हिन्दूबिरोधी तत्वले प्रोपगान्डा गरेको आराेप लगाइएकाे छ ।
 
यसका साथै यो हिन्दू धर्म संस्कृतिविरुद्धको कार्य मात्र नभइ नेपालको धार्मिक सहिष्णुता बिथोल्ने प्रयास पनि भएकाे ठहर गर्दै घटनाको यथाशीघ्र छानबिन गरि दोषीलाई तत्काल कारबाही गर्न माग गरिएकाे छ । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...