37.1 C
Birgunj
17 April 2025
KALIKATIMES.COM

वीरगंज श्रीसियाका २२ सहित थप १४१ जनामा काेराेना संक्रमण

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालाले गरेकाे पछिल्लो पिसिआर परिक्षण रिपोट अनुसार एक सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मै सर्वाधिक संक्रमित संख्या हो ।

थपिएका संक्रमितमा २१ महिला र एक सय २० जना पुरुष रहेका छन् ।

नयाँ संक्रमितहरु बीरगन्ज महानगरपालिकाका विभिन्न वडाका रहेका छन् । बीरगन्ज महानगरपालिकाको चिनीमिल, श्रीपुर, तेजारथ टोल, गण्डक बहुअरी, मुर्ली, भिस्वा, घडिअर्वा, सबैठवा, पिपरा, रानीघाट, खल्वाटोला श्रीसिया, छपकैया, प्रतिमा चौक, पृथ्वीनगर, गणेश चौक, आदर्शनगर, अलौं, फुलबारी टोल, अशोक वाटिका, भवानीपुर, चण्डाल चौक टोलबाट नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा धेरै खल्वाटोला श्रीसियाबाट २२ जना संक्रमित थपिएका छन् ।
 
त्यस्तै, पर्सागढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।
 
यस्तै तराई हस्पिटलका १ जना, पशु अस्पतालका १ जना, सेनाका ५ जना, वीरगंज कारागारका २ जना, नेशनल मेडिकल कलेजका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
 
यस्तै थपिएका नयाँ संक्रमित मध्ये एक प्रहरी र ४३ जना थुनुवासमेत रहेकाे जिल्ला प्रहरी कार्यालय पर्सामा प्रवक्ता प्रहरी नायब उपरिक्षक मनाेजित कुँवरले वताए ।
 
उनका अनुसार जिल्ला प्रहरी कार्यालय मातहतका विभिन्न प्रहरी कार्यालयकाे थुनुवामा रहेका ४३ जना र एक प्रहरी गरी ४४ जनामा संक्रमण दिएकाे हाे । उनले भने “ति सबै बाहिर बाट आएकाहरु हुन, तिनिहरु सबैजनालाई हामी अलगै राखेका छाैं ।”
 
नयाँ थपिने संक्रमितहरुमा बारा जिल्लाका ४ र रौतहट जिल्लाका ४ जना पनि रहेका छन् । 
 
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

कालिका टाईम्स

गहुँको छवाली र ठूठ्ठा जलाउदा आगलागीको जोखिम

कालिका टाईम्स

प्रदेश स्तरीय महिला सञ्जाल सँगको छलफल वीरगंजमा सुरु

कालिका टाईम्स
SQL requests:215. Generation time:4.629 sec. Memory consumption:82.49 mb