25.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

वीरगंज कारागार र श्रीसियामा ३ सय ६६ जनाकाे स्वाब संकलन

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २५ श्रीसिया खाल्वा टाेलामा आइतबार काेराेना परिक्षणकाे लागि २ सय ४८ जनाकाे स्वाब संकलन गरिएकाे छ ।

महानगरपालिकाकाे “एक घर एक परिक्षण” अन्तर्गत वडाध्यक्ष बिसराज राउत कुर्मीको उपस्थितिमा २ सय ४८ जनाकाे स्वाब संकलन गरिएको नगर प्रमुखका राजनितिक सल्लाहकार मुकेश द्विवेदीले जानकारी गराए ।

यस्तै वीरगंज कारागारमा एक सय १८ जनाकाे स्वाब संकलन गरिएकाे कारागार कार्यालयले पर्साले जनाएकाे छ । 

कारागारमा कन्ट्याक ट्रेसिङका आधारमा ५५ पुरुष, १० महिला कैदिबन्दी, ३१ नेपाल आर्मी, ७ नेपाल प्रहरी र १५ कारागार कर्मचारी गरि कुल एक सय १८ जनाको स्वाव संकलन गरिएकाे कारागार प्रमुख श्रवण कुमार पाेखरेलले जानकारी दिए ।

उनले हाल सम्म सन्क्रमित सवै ८ कैदीबन्दी, ५ कर्मचारिको स्वास्थ्य अवस्था संतोषजनक नै रहेको र कारागार भित्र रहेका केहि कैदिबन्दिहरुमा सामान्य मौशमी फ्लू बाहेक कुनै जटिल स्वास्थ्य अवस्था नरहेको कारागार कार्यालयकाे आधिकारिक फेसबुक मार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.659 sec. Memory consumption:82.5 mb