Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

आकास्मिक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्न चिकित्सक संघकाे आग्रह

spot_img
spot_img

वीरगंज । नेपाल चिकित्सक संघ  नारायणी अञ्चल शाखा वीरगंजले आकास्मिक बाहेककाे सम्पूर्ण सेवाहरु बन्द गर्न आग्रह गरेकाे छ ।

संघका सचिव डा. उदय नारायण सिंहले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै सम्पूर्ण अस्पताल, मेडिकल कलेज, नर्सिङ्ग हाेम, निजि क्लिनिक लगायत स्वास्थ्य सेवा प्रदायक संस्था र चिकित्सक तथा स्वास्थ्कर्मीहरुलाई शुक्रबार देखी अक्राे सुचना नभए सम्मकाे लागि आकास्मिक बाहेकाे सम्पूर्ण सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

काेराेना महामारी समुदाय स्तरमा नै फैलिएकाेले आकास्मिक बाहेक सम्पूर्ण सेवा बन्द गर्नुकाे साथै काेराेना राेगकाे नियन्त्रणकाे लागि WHO ले निर्धारण गरेकाे गाइनलाई पूर्ण रुपमा पालना गरी मात्र आकास्मिक सेवाहरु प्रावह गर्न समेत संघले आग्रह गरेकाे छ ।

संघले जारी गरेकाे प्रेस विज्ञप्ती मार्फत काेराेना महामारी नियन्त्रणकाे लागि काेराेना परिक्षणकाे दायरा बढाउदै अबिलम्ब मास टेस्टिङ्ग, अन्य आवश्यक कदम चाल्नुकाे साथै यस क्षेत्रका विभिन्न स्वास्थ्य सेवा प्रदायक संस्थाहरुलाई अबिलम्ब प्रयाप्त मात्रामा सुरक्षा सामग्री उपलब्ध गराउन समेत सराेकारवाला निकायहरु संग जाेडदार माग गरेकाे छ ।

यसका साथै संघले काेराेना महामारीकाे बिषम परिस्थितिमा काेराेना राेगकाे प्रकाेपबाट अलिकति विचलित नभई धैर्यताका साथ सुरक्षा सर्तकता अपनाउदै महामारी नियन्त्रण तथा आम जनताकाे जिवन सुरक्षाका लागि समर्पित रहन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपिल पनि गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरामा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण

वीरगंज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराको आयोजनामा शनिबार सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफ्नै निवासबाट पक्राउ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौँको महाराजगञ्जस्थित आफ्नै निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले नियन्त्रणमा...

न्यूनचापीय प्रणाली कमजोर बन्दै, पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुने

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको जोखिम घटेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका...