31.6 C
Birgunj
17 April 2025
KALIKATIMES.COM

दुई गाउँलाई जाेड्ने बही खाेलामा पुल निर्माण हुदा स्थानिय हर्षित

वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिका वडा नम्बर ५ गदियानी पोखरीयाको बही खोलामा पुल निमार्ण कार्य सम्पन्न भएकाे छ ।

पकहामैनपुर गाउँपालिका वडा नम्बर ५ गदियानी पोखरीया र कालिकामाई गाउँपालिका वडा नम्बर २ गदियानी गाउँको बिचमा पर्ने बहि खोलामा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद लक्ष्मणलाल कर्णको संसदिय बिकास काेषकाे बजेटबाट रु ५० लाखकाे लागतमा पुल निर्माण कार्य सम्पन्न भएकाे हाे ।

पुल निर्माणकाे लागि रु ५० लाखकाे याेजना अन्तर्गत डिके बिल्डरसले रु ४३ लाखमा ठेक्का सकार गरेकाे थियाे । पकहा मैनपुर गाउँपालिकामार्फत ठेक्का भएकाे पुलकाे निर्माण कार्य समय मै सम्पन्न भएकाे ठेक्दार समुहका सदाम हुसेेनले वताए ।

राजतन्त्र देखी प्रजातन्त्र सम्म गाउँको र जिल्ला तथा केन्द्रको कुनै पनि योजनामा आज सम्म नपरेको पुल सांसदिय विकास काेषबाट निमार्ण हुदा सांसद कर्णलाई सो क्षेत्रका स्थानियहरु हर्षित भएकाे जनता समाजवादी पार्टीका स्थानिय नेता माओ कुशवाहालेे वताए ।

पुल निर्माणले भेडिहारी, गदियानी, सबैठवा, लहावरथकरी, गदियानी पोखरीया, भिस्वा, बन्जारी र तुलसीवर्वा बासीकाे आवागमनममा सजिलाे हुनुकाे साथै कृषी कार्यकाे लागि पनि सजिलाे भएकाे उनले जनाए ।

कयौ बर्ष देखी पुल नहुदा आसपास रहेका गाउँको सम्बन्ध नजिक नभई टाढा देखिएको थियो अब ४ वटा गाउँको सम्बन्ध नजिक पुगेको र कृर्षि कार्य गर्न समेत सजिल्लो हुने पकहामैनपुर गाउँपालिका वडा नम्बर ५ सबैठवाका कार्यपालिका सदस्य महेन्द्र रामले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

कालिका टाईम्स

गहुँको छवाली र ठूठ्ठा जलाउदा आगलागीको जोखिम

कालिका टाईम्स

प्रदेश स्तरीय महिला सञ्जाल सँगको छलफल वीरगंजमा सुरु

कालिका टाईम्स
SQL requests:215. Generation time:5.755 sec. Memory consumption:82.49 mb