Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

भारतको कानपुरमा डीएसपीसहित ८ प्रहरीको गोली हानी हत्या

spot_img
spot_img

भारत । गुण्डा समूहको आक्रमणमा भारतको उत्तर प्रदेशको कानपुरमा डीएसपी सहित आठ प्रहरी मारिएका छन् । मारिनेमा एक डिएसपी, तीन सब–इन्सपेक्टर र चार कन्स्टेबल रहेका छन् । घटनामा गुण्डा समूहका तीन जनाको मृत्यु भएको छ ।

आक्रमणमा कयौं प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको नजिकको रिजेन्सी अस्पतालमा उपचार भइरहेको छ । आक्रमणकारीहरुले प्रहरीको हतियार समेत लुटेका छन् । विकास दुबे नाम गरेका कुख्यात अपराधीलाई पक्राउ गर्न प्रहरी गएको समयमा आक्रमण भएको हो ।

दिकरू गाँउमा दुबे र उनको समूह रहेको सूचना पाएपछि पक्राउ गर्न प्रहरीलाई सो समूहले आक्रमण गरेको बताइएको छ । प्रहरी पुग्ने वितिक्कै सो समूहले घरको छतबाट गोली प्रहार गरेको थियो । घटनापछि सो क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उत्तर प्रदेशका कुख्यात गुण्डा नाइके विकासविरुद्ध साठी भन्दा धेरै मुद्दा प्रहरीमा विचाराधिन छन् । उनले सन २००१ मा प्रहरी चौकीमै प्रवेश गरेर भाजपा नेता तथा राज्यमन्त्री संतोष शुक्लाको हत्या गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...

वीरगंज विश्वविद्यालयको रकम निकासीबारे सीआईबीको अनुसन्धान

वीरगंज । प्रस्तावित वीरगन्ज विश्वविद्यालय स्थापनाका लागि करिब दुई दशकअघि संकलन गरिएको रकम बैंक खाताबाट निकालिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान...

धनुषाको भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद

वीरगंज । धनुषाको मिथिला नगरपालिका–२ स्थित कमला भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद भएको छ। डिभिजन वन कार्यालय धनुषाले विशेष सूचनाका आधारमा सोमबार साँझ...