15.9 C
Birgunj
28 November 2024
KALIKATIMES.COM

वीरगन्ज महानगरपालिकाकाेे ३ अर्ब ८६ करोड बराबरकाे बजेट प्रस्तुत

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७७/०७८ मा कुल ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ रुपैंयाको बजेट प्रस्तुत गरेको छ ।

बुधबार प्रस्तुत बजेटमा चालूतर्फ १ अर्व ६२ करोड ६९ लाख १८ हजार, पुँजीगततर्फ  २ अर्व १७ करोड ४६ लाख ७२ हजार र वित्तीय व्यवस्थातर्फ ६ करोड ३६ लाख खर्च हुने अनुमान गरिएको छ ।

महानगरकाे साताैं सभाले कूल खर्च मध्ये क्षेत्रगत रुपमा पूर्वाधार विकास क्षेत्रलाई बढी बजेट विनियोजन गरेकाे छ ।

पूर्वाधार विकास क्षेत्रमा १ अर्व ७७ करोड ६ लाख १२ हजार अर्थात ४५.८१ प्रतिशत, सामाजिक विकास क्षेत्रमा ८७ करोड ७७ लाख ३६ हजार अर्थात २२.७१ प्रतिशत, आर्थिक विकास क्षेत्रमा २५ करोड ९५ लाख २५ हजार अर्थात ६.७१ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धि क्षेत्र (वन, वातावरण तथा विपद् समेत) तर्फ २३ करोड ७५ लाख १६ हजार अर्थात ६.१५ प्रतिशत र कार्यालय तर्फ ७१ करोड ९८ लाख ०१ हजार अर्थात १८.६२ प्रतिशत विनियोजन गरेको छ ।

महानगरपालिकाले आगामी वर्ष संचालन हुने मुख्य आयोजनाहरुमा‘आरयुडिपी’ तथा ‘एसटिआइयुइआइपी’ तर्फ १ अर्व ४ करोड ४७ लाख ५७ हजार, वडा स्तरीय योजना २४ करोड ७० लाख,  समपूरक कोष १६ करोड ७७ लाख २५ हजार, लक्षित कार्यक्रम २ करोड ३४ लाख, तराई मधेश समृद्धि कार्यक्रममा ३० लाख, सडक बोर्ड कार्यक्रममा १ करोड, रोजगार कार्यक्रम ४० लाख, बहुक्षेत्रीय पोषण कार्यक्रम तर्फ २० लाख, सामाजिक सुरक्षा भत्तातर्फ ४५ करोड विनियोजन गरिएको छ ।

त्यस्तै वडा भवन निर्माणतर्फं ३ करोड, उज्यालो वीरगंज कार्यक्रम तर्फ १२ करोड ८१ लाख, शैक्षिक विकास तर्फ ६२ करोड ६४ लाख, स्वास्थ्य तर्फ १४ करोड ६८ लाख ८० हजार, कृषि विकास तर्फ ८३ लाख, पशु सेवा विकास ४३ लाख र जनसहभागितामा आधारित कार्यक्रम तर्फ ३ करोडको बजेट व्यवस्था मिलाएको महानगरले सार्वजनिक गरेको बजेट बक्तव्यमा उल्लेख गरेको छ ।

महानगरपालिकाले चालू आर्थिक बर्षको बजेट समिक्षामा आन्तरिक आय तर्फ रु. ४८ करोड ६६ लाख अनुमान गरिएकोमा ११ महिनाको अवधिमा २६ करोड ७० लाख १९ हजार मात्र आय भई ५४.८७ प्रतिशत प्रगति गरेको देखिएको छ ।

महानरगका करदातालाई भारी छुट
महानगरपालिकाले कोरोना महामारीको प्रभावलाई दृष्टिगत गरी कर नीतिहरु लिएको छ । (कोभिड–१९) कोरोना भाइरस महामारीका कारण व्यापार व्यवसाय समेतमा प्रतिकुल असर परी व्यापारी, उद्योगी, व्यवसायीहरुमा ठूलो आर्थिक क्षति भएकोले यसलाई ध्यानमा राख्दै विद्यालय, अस्पताल, सपिङमल, उद्योग र कलकारखानाको चालू आ.व.को सम्पत्ति करमा ५०% सम्म छुट दिने, सम्पत्ति कर र मालपोत (भूमिकर) मा चालु आ.व.मा पुस मसान्तभित्र कर बुझाउने करदाताहरुलाई दिदैं आएको छुटको व्यवस्थालाई आगामी आ.व. २०७७/०७८ को पुस मसान्तभित्र कर बुझाउने करदाताहरुलाई १०% छुटको व्यवस्था गरेको छ ।

बाँकी बक्यौतामा लिईदैं आएको वार्षिक १५% जरिवाना घटाएर १०% मात्र जरिवाना लिने निति लिइएकोमा यस आर्थिक वर्ष भित्र कर तिर्न नसकेका करदातालाई आर्थिक वर्ष ०७७/०७८ को पुस मसान्त भित्र कर बुझाएमा जरिवानामा १५% छुट दिने नीति लिईएको छ ।

वीरगञ्ज महानगरपालिकाको राजश्व प्रशासन क्षेत्रको संस्थागत क्षमता अभिवृद्धि गर्दै लगिनेछ, करदाता सहयोगी डेस्कलाई प्रभावकारी बनाउंदै करदातामैत्री प्रशासनको विकास गरी वार्षिक कार्ययोजनाका आधारमा राजस्व असुली कार्यलाई थप प्रभावकारी बनाइने भएको छ ।

राजश्व प्रशासनलाई पारदर्शी र जवाफदेही वनाउन कर्मचारीलाई तालिमको व्यवस्था मिलाईनेछ । महानगरभित्र बसोबास व्यवसाय गर्ने करदातालाई जागरुक र कर तिर्ने बानी बसाल्न मैले तिरेको कर मेरै टोलको विकासका लागि भन्ने भावना जागृत गर्न स्थानीय रेडियो मार्फत कर शिक्षा कार्यक्रम संचालन गरिने भएको छ । करको दायरालाई फराकिलो बनाउन, हरेक सेवाग्राहीलाई करको दायराभित्र ल्याउन सरोकार पक्षसँग सम्वाद, समन्वय गर्न तथा महानगरको आन्तरीक राजश्वलाई वृद्धि गर्न राजश्व समन्वय तथा अनुगमन समिति  जिम्मेवार र जवाफदेही बनाईने जनाएको छ ।

ठाकुरराम बहुमुखी क्याम्पसलाई आधार वनाई वीरगंज विश्वविद्यालय संचालन गर्न प्रदेश र संघीय सरकार तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडी महानगरपालिकाको नीति तथा कार्यक्रम रहेको छ । वीरगंजमा इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न सम्बन्धित मन्त्रालय लगायत सरोकारवालासँग छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाईने भएको छ ।

वीरगन्ज महानगरपालिकाको नयाँ कार्यक्रमहरु 

  • वीरगन्जमा पहिलो पटक एकै स्थानमा १ हजार जनाले परीक्षा दिन मिल्ने व्यावस्था गर्न  सिद्धार्थ माध्यामिक विद्यालय परिसरमा एकीकृत परीक्षा केन्द्र स्थापना गर्ने ।
  •  महिला, बालबालिका र वृद्धवृद्धाहरुलाई नेपाल प्रहरी र पर्साका स्थानीय तहको समन्वयमा एकीकृत सहायता केन्द्र स्थापना
  • नेपालमै पहिलो पटक स्थानीय तहको सरकारले उद्योगी व्यावसायी र नागरिकको सहयोगमा पीसीआर मेशिन खरिद
  •  एक घर एक व्यत्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने
  •  उज्यालो अभियान अन्तर्गत महानगरपालिकाको ३२ वटै वडामा २४ करोडको लागतमा ३०१ वटा स्थानमा स्टेशन निर्माण गरी स्वचालित एलइडी बत्ती जडान गरिने ।
  •  हरित वीरगन्ज बनाउन बृहत वृक्षरोपण गर्न ३ करोड ३० लाख
  •   ७ करोडको लागतमा अस्पतालजन्य फोहोर व्यावस्थापनका लागि स्वचालित प्लाण्ट स्थापना गरिने
  •  कुहिने फोहोर बाट जैविक मल र वायो ग्याँस उत्पादन प्लाण्टको एकबर्ष भित्रमौ सम्पन्न गरिने ।
  •  प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक वडा एक उत्पादनको अवाधारणामा पकेट क्षेत्र घोषणा
  •  प्रसूती सेवा लिने महिलाहरुका लागि निःशुल्क रगतको आपूर्ति गरिने मातृमृत्युदर क मगर्न घरसम्म आकस्मिक एम्बुलेन्स सेवा उपलब्ध गराई शुन्य होम डेलिभरीको व्यावस्था गरी सबैलाई अस्पतालमा प्रसुतीको व्यावस्था गरिने ।
  • सबै सामुदायिक विद्यालयहरुमा निःशुल्क आँखा परीक्षण गरी चस्मा वितरण गरिने ।
  • विकास पत्रकारितालाइ प्रोत्साह गरिने, रेडियो, अनलाईन र नियमित प्रकाशित हुने दैनिक पत्रपत्रिकाहरुलाई मासिक रुपमा लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने ।
  • भोजपुरी साहित्य प्रतिष्ठानको स्थापना गर्ने ।
  • विकास निर्माणमा जनसहभागिताका लागि ४० प्रतिशत लागत सहागिता अनिवार्य गरिने ।
  • १०० शैय्याको ग्रिन हस्पिटल वेस्ट म्यानेजमेण्टको स्थापना
  • हरेक वडामा सार्वजनिक शौचालय निर्माण गर्ने ।

महानगर प्रमुख विजय कुमार सरावगीकाे अध्यक्षता र प्रदेश २ का भाैतिक पूर्वधार बिकास मन्त्री जितेन्द्र साेनलकाे प्रमुख आतिथ्यतामा भएकाे नगर सभाकाे साताैं अधिबेशनमा उप प्रमुख शान्ति कार्की, वडाध्यक्षहरु, महानगर कार्यपालिका सदस्यहरु र महानगर सभा सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा रोयल इन्फिलड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च

कालिका टाईम्स

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार मनोज पटेललाई प्रदान गर्ने निर्णय

कालिका टाईम्स

नेशनल मेडिकल कलेजलाई सम्मान

कालिका टाईम्स
SQL requests:215. Generation time:3.227 sec. Memory consumption:81.51 mb