Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

तलब नपाएकाे बिराेधमा बिन्दवासिनी गाउँपालिकामा तालाबन्दी

spot_img
spot_img

पाेखरिया । पर्साको बिन्दवासिनी गाउँपालिकाका १३ जना कर्मचारीहरु आज देखी गाउँपालिका कार्यालय बहुअवर्वा भाटठामा तालाबन्दी गर्दै कार्यालय अगाडी नेै धर्नामा बसेका छन् ।

आफुहरुको ११ महिनाको तलब बाकी रहेको र पाउनु पर्ने मांग राख्दै गाउँपालिकाको कार्यालय अगाडी बिहान १० बजे देखी धर्नामा बसेको कर्मचारी रमेन्द्रनाथ तिवारीले बताए ।

बिगत ११ महीना देखी काम गर्दै आएका एक दर्जन कर्मचारीहरुको तलब भता नपउदा निजहरुको घरपरिवार सहित बालबच्चा पनि चिन्तामा पर्दै बिचलित भएका छन । घरपरिवार चलाउन समस्या भएका कारण बाध्य भएर तालाबन्दी गर्न बाध्य भएको धर्नामा बसेकी महिला विकास शाखामा कार्यरत कर्मचारी कुमारी बिन्दु चौरसियाले बताइन ।

१३ जना कर्मचारीहरुले एक प्रेस बिज्ञप्ती जारी गर्दै मांग पुरा नभए हामी कार्यरत कर्मचारीहरु गाउँपालिकाको गेट अगाडी नै बिष सेवन गरी आत्महत्या गर्न विवस हुने हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ । त्यसको सम्मपुर्ण जिम्मेवारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको हुने समेत जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

गाउँपालिकाको बोर्ड बैठक र परिषदबाट समेत निर्णय भई कार्यभार गर्दै आएका कर्मचारीहरुको तलबभता ११ महिना देखी रोकेर राख्नु नपर्ने स्थानिय जनप्रतिनीधीहरु बताएका छन । लगातार काम गर्दै र हाजिरी समेत गर्दै आएका कर्मचारीहरुको तलबभता नरोक्ने जनाईएको छ ।

करारमा नियुक्त पशु स्वास्थ्य कार्यकर्ता ३ जना, समाजिक परिचालक ४ जना, महिला विकास शाखामा कार्यरत एक जना, ज्यालदारी कार्यरत ४ जना कार्यालय सहयोगी र १ जना ज्यालदारीमा कम्पयुटर अपरेटर समेत गरी १३ जना तलब नपाएकाे भन्दै आन्दाेलित भएका छन् ।

यसैगरी यसै किसिम्मका २५ जना कर्मचारीहरु मध्ये १२ जनालाई गाउँपालिकाले ८ महिनाको तलबभता खुवाएको छ भने १३ जनाको ११ महिनाको तलबभता नदिएका कारण समस्या उत्पन भएको हो । गाउँपालिका अध्यक्ष सित नजिक रहेका १२ जना कर्मचारीहरुले तलबभता ८ महिनाको खाएको समेत आन्दोलित कर्मचारीहरु बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...