वीरगंज । नेपाल रेडक्रस साेसाइटी पर्सा शाखाकी उपाध्यक्ष मधु राणाले वीरगन्ज महानगरपालिकालाई सहयाेग गर्नु भएकाे छ ।
उपाध्यक्ष राणाले व्यक्तिगत रुपमा वीरगंज महानगरपालिकाले स्थापना गरेकाे काेराेना विपद् काेषमा रु ३५ हजार सहयाेग गर्नु भएकाे हाे ।
सहयाेग रकम बराबरकाे चेक राणाले आज वीरगंज महानगरका मेयर विजय कुमार सरावगीलाई हस्तान्तरण गर्नु भएकाे महानगरपालिका कार्यालयले जनाएकाे छ ।
काेराेना भाइरस राेकथाम तथा नियन्त्रणकाे लागि महानगरलाई पिसिआर मेसिन, भिटिम किट लगायतकाे सामग्री खरिद गर्न /राणाले सहयाेग गर्नु भएकाे वताइएकाे छ ।
बुधबार पनि भागवती स्टिल आइएनडी प्रालि वीरगंज र सानाेपाइला बचत तथा ऋण सहकारी संस्था वीरगंजले सहयाेग गरेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस