Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

नरसंहारमा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग

spot_img
spot_img

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ, पर्साले रूकुमपश्चिम नरसंहारमा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेकाे छ ।

संघले आज प्रेस विज्ञप्ती जारी गर्दै अन्तरजातीय विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकलाई रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वको गाउँलेले कुटेर हत्या गरी उनीसँगै टिकाराम सुनार र गणेश बुढामगरलाई मारेर भेरी नदीमा फालिदिएकाे वताएकाे छ ।

विज्ञप्ती मार्फत लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द साही अझै वेपत्ता भएको घटनाको राष्ट्रिय दलित पत्रकार संघ पर्साले घोरभत्सर्ना र निन्दा गरेकाे छ ।

संघ पर्सा अध्यक्ष श्याम पासवानद्वारा जारी विज्ञप्तीमा अन्तरजातीय विवाह हुनलाग्दा स्थानीयले बिरोध स्वरुप नरसंहार गरेका छन । यो जघन्य अपराधको जतिसुकै निन्दा गरेपनि कमै हुन्छ । घटना जातीय भेदभाव तथा छुवाछूतका कारणले भएको नरसंहार हो ।

कोराना भाइरस लकडाउनको मानवीय संकटका बेला दलित समुदायमाथि दिनानुदिन घटनाहरु भरहेका छन । लकडानको अवधीमा दलित समुदायमाथि १५ वटा जातीय भेदभावका घटनाहरु भएका छन् । तर सरकारले यी घटनाहरुप्रति कुनै गम्भीरता देखाएको छैन ।

घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेपनि अनुसन्धानलाई प्रभावकारी बनाएको छैन । घटनाका संलग्न वडाध्यक्ष मल्ललाई प्रहरीले छोडेकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएकाे छ ।

यसका साथै प्रमाण नष्टदेखि घटनालाई प्रभावित पार्न प्रहरीले मल्ललाई छाडेको बुझिएको छ । यसले रुकुमपश्चिम नरसंहारको अध्ययन र छानवीनको लागि संसदीय समिति तत्काल घटनास्थल पुगोस । राष्टिय मानवअधिकार आयोग घटनास्थल पुगेर तत्काल सत्यतथ्य बाहिर ल्यायोस भने माग समेत गरिएकाे छ ।

यसगँगै धनकुटा, झापा, सिरहा, सप्तरी, कास्की, स्याङ्जा, रुपन्देही, पाल्पा, जाजरकोट लगायतका जिल्लामा हालै घटेका जातीय भेदभाव तथा छुवाछूतका घटनाहरुको तत्काल छानवीन गरी कडा कारवाहीको माग संघले गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...