Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

सर्लाहीमा १३ र बारामा एक सहित थप ३२ जनामा कोरोना संक्रमण

spot_img
spot_img

काठमाडौँ । नेपालमा कोरोना भाइरस (काेभिड १९)बाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको हो ।

शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, चितवन र काठमाडौंका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।

शनिबार कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, र ४२ वर्षका पुरुष तथा २७ वर्षीया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ७७ पुग्यो ।

त्यस्तै सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५  वर्षका १३ जना पुरुषमा पनि संक्रमण देखिएको छ । सर्लाहीमा शनिबार बिहानसम्म संक्रमितको संख्या ३३ पुगेको छ ।

त्यसैगरी रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३०, ५५ वर्ष उमेरका ८ जना पुरुषमा पनि शनिबार संक्रमण पुष्टि भएको छ । शनिबार बिहानसम्म रुपन्देहीमा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी बाराको करैयामाई नगरपालिकाका ३७ वर्षीय पुरुष, काठमाडौंका ३५ वर्षीय पुरुष र चितवनको भरतपुर महानगरपालिका-६ का ५२ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

अहिलेसम्म नेपालका ४० जिल्लामा संक्रमण देखिएको छ । सबैभन्दा बढी बाँकेमा ११५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म ७० जना निको भएका छन् । बाँके, सिन्धुपाल्चोक र गुल्मीका एक/एक गरी अहिलेसम्म ३ जना व्यक्तिको नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...