Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

बारामा ६ सहित थप ९ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

spot_img
spot_img

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं‚ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र‚ हेटौंडामा गरिएको परीक्षणअनुसार ९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

संक्रमण पुष्टि हुनेहरूमा हेटौंडा-३ मकवानपुर निवासी ५४ वर्षीया महिला‚ भक्तपुर निवासी ४२ वर्षीया महिला‚ सप्तरी बलान बिहुल गाउँपालिका निवासी ३५ वर्षीय पुरूष‚ बारा सिमरनगढ निवासी २२‚ २७‚ ३०‚ ३४‚ ३८ र ४५ वर्षीय पुरूष रहेको विज्ञप्तिमा उल्लेख छ।

संक्रमित सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...