Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

कोरोना रोकथाममा स्थानीय प्रशासन चुक्यो

spot_img
spot_img

वीरगञ्ज । पर्सामा कोरोनाभाइरस अर्थात कोभिड-१९ रोकथाम र नियन्त्रणमा स्थानिय प्रशासन र सरोकारवाला निकाय चुकेको भन्दै एक विद्यार्थी संगठनले आपत्ती जनाएको छ ।

राष्ट्रिय विद्यार्थी संघ पर्साले आइतबार प्रेस विज्ञप्ति जारि गर्दै वीरगञ्जमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण र सङ्क्रमितहरुको उपचारमा व्यस्थापन चुकेको आरोप लगाउँदै आपत्ति जनाएका हाे । संघका जिल्ला अध्यक्ष मधुसुधन चौरसियाले  प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन, नारायणी अस्पताल प्रशासन र अन्य सरोकारवाला निकायहरुले कोरोना रोकथाम तथा सङ्क्रमितहरुको व्यस्थापनमा लापरवाही गरेको आरोप लगाउँदै गल्ति सच्याउन अनुरोध गरेका हुन् ।

“कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिहरुको उपचार र व्यस्थापनमा नारायणी अस्पतालको प्रशासन र सम्बन्धित सबै सरोकारवाला निकायहरु कम्जोर देखिएका छन् । कोरोनाबाट सङ्क्रमित व्यक्तिहरुलाई भर्ना गरिएको वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमितहरुलाई उपलब्ध गराइएको खाना गुणस्तर हिन हुनाका साथै अपर्याप्त भएको हामीले जानकारी प्राप्त गरेका छौँ,” जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“त्यसैगरि अस्पतालको सरसफाईमा समेत समस्या देखिएको छ । सौचालय देखि सङ्क्रमित बस्ने वडामा गनाउने र फोहर भएको गुनासो हामीले प्राप्त गरेका छौँ ।” प्रेस विज्ञप्ती मार्फत जानकारी गराइएकाे छ ।

संघले नारायणी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितहरुलाई पौष्टिक आहार उपलब्ध गराउनु पर्ने माग गर्नुका साथै सरसफाईमा समेत ध्यान दिनुपर्ने माग गरेको छ ।

“कोरोनासँग लड्न सबै भन्दा महत्वपूर्ण शरीरको प्रतिरक्षामत्क शक्ति हुन्छ र त्यो पौष्टिक खानबाट मात्र प्राप्त हुन्छ तर नारायणी अस्पताल र सङ्क्रमितहरु राख्ने अर्को क्वारेन्टाइन स्थल सिद्दार्थ माध्यमिक विद्यालयमा काँचो र अपर्याप्त र गुणस्तरहिन खान उपलब्ध हुँदै आएको छ । बिना पौष्टिक खान सङ्क्रमितहरुले कसरी आफ्नो शरीरमा प्रतिरक्षमत्क शक्ति विकास गर्छन? स्थानीय प्रशासन र पर्सामा कोभिड सङ्क्रमणलाई रोक्न बनाईएको विशेष समितिसँग हामी यो प्रश्न गर्न चाहन्छौं ।” विज्ञप्तिमा लेखिएको छ ।

चौरसियाले निषेधाज्ञाको छैठो दिन सम्म पनि सङ्क्रमित भेटिएको स्थानमा कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नभएको बताउदै चिन्ता व्यक्ति गरेका छन् । उनले सङ्क्रमित भेटिएको ठाउँमा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिंगको दायार बढाउन पर्ने माग गरेका छन् ।

उनले निषेधाज्ञा पश्चात गरिव र अति विपन्न वर्गका लागि स्थानीय तहहरुले उप्पबध गराउँदै आएको राहत वितरणको पनि पुन: सुरु गर्नु पर्ने सलाह दिएका छन् र बजार व्यस्थापन तर्फ समेत ध्यान दिन सरोकारवालाहरुसँग आग्रह समेत गरेका छन् ।

यसका साथै चौरसियाले लकडाउनको समयमा प्रहरी ज्यादती बढेको उल्लेख गर्दै प्रहरीलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

“लकडाउनमा प्रहरी र प्रशासनले समेत आफ्नो सैयाम गुमाएको हामीले गुनासो प्राप्त गरेका छौँ । विभिन्न बहानामा निर्दोष जनतामाथि दुर्व्यहार बढेको विभिन्न समचार संस्थाहरु मार्फत हामीले सुन्दै र पढ्दै आएका छौँ,” चौरसियाले विज्ञप्ति मार्फत भनेका छन्, “प्रहरीले बिहान दुध र औषधि जस्ता महत्वपूर्ण सामग्री खरिद गर्न जाँदा समेत बल प्रयोग गरेको खबरले हामीलाई चिन्तित बनाएको छ ।” उनले स्थानीय प्रशासनले छिटै समाधान तर्फ अग्रसर नभए आफुहरु प्रतिगात्मक कदम उठाउन बाध्य हुने चेतावनी समेत दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...