Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

थप १० जनामा कोभिड–१९ पुष्टि, नेपालमा संक्रमितको संख्या १ सय २० पुग्यो

spot_img
spot_img

काठमाडौं । नेपालमा थप १० जनामा कोभिड–१९ पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि भएकाहरुको संख्या १ सय २० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा सोमबार जारी सूचना अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु कपिलवस्तु, यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका-७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरु र एक जना उमेर नखुलेका पुरुष छन्।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
नेपालमा संक्रमण पुष्टि भएका १ सय २० मध्ये ३१ जना संक्रमणमुक्त भइसकेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...