Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

उद्याेगहरुलाई सहज पास उपलब्ध गराउन नेता अन्सारीकाे माग

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वीरगंज महानगर कमिटि अध्यक्ष समेत रहेका युवा नेता रहबर अंसारीले दैनिक ज्यालादरी गर्ने मजदुर, श्रमिकलाई काममा आवत जावत गर्न सहज रुपमा पास दिन जिल्ला प्रशासन कार्यालय पर्सासंग मांग गरेका छन्।

नेपाल सरकारले हालैमा विभिन्न उद्योगलाइ संचालन गर्न गरेको निर्णयलाई उद्योगी व्यवसायी लगायत आम सर्वसाधारण तथा मजदूर वर्गले समेत स्वागत गरेको भएपनि काममा आउन जानको लागी पास लिन आर्थिक चलखेल र अनेक जटिल प्रक्रियाहरुको सामना गर्नु पर्ने व्यापक गुनासो आईरहेकोले व्यापारी, मजदुरहरुलाई सहज रुपमा पास दिन जिप्रका पर्सालाई युवा नेता अंसारीले ध्यानाकर्षण गराएका हुन ।

वीरगन्ज –पथलैया औधोगिक करिडोरमा रहेका उद्योग प्रतिष्ठान संचालनका निमित्त आवश्यक पर्ने पास, कच्चा पदार्थ ढुवानीका लागि आवश्यक सहजीकरण तथा श्रमिक मजदूरलाई काममा जान र फर्किने आवश्यकतालाई मध्यनजर गर्दै जिप्रकाले कार्यालयकै प्राङगणमा एउटा हेल्प डेस्क संचालन गरी सहज रुपमा पास दिने व्यवस्था मिलाउनु पर्ने आवश्यक रहेको नगरअध्यक्ष अंसारीको भनाई छ ।

अहिलेको वर्तमान परिस्थितिमा ललकडाउनलाई थप कडाई गर्न जिप्रका पर्साले जारी गरेको नयाँ पास लिनमा विभिन्न आर्थिक चलखेल भईरहेको गुनासो आईरहेकोले यो विषय भ्रम वा सत्य हो भने कुरालाई चिर्नका लागि तत्काल आजैबाट उद्योग संचालन सम्बन्धी छुट्टै हेल्प डेस्क को सुरुवात गरी व्यापारी तथा मजदुरलाई पास दिन लाग्नु पर्ने आवश्यकता देखिएको युवा नेता अंसराीले बताएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...