Date
मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026

पत्रकार यादवलाई नियन्त्रणमा लिने प्रहरी उपर कारबाहीकाे माग

spot_img
spot_img

वीरगन्ज : वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवलाई प्रहरीले पक्राउ गरेको छ ।वीरगन्जको लिंकरोडस्थित एफएम स्टेशनकै प्रवेशद्वारबाट आइतबार दिउसो २ बजे पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।यादव, नयाँ पत्रिकाको पर्सा संवाददाता पनि हुन् ।

एफएम स्टेशनको प्रवेशद्वार छेउकै सडकपेटीमा पत्रकार यादवले मोटरसाइकल पार्किङ गरिराखेका थिए । दुईवटा प्रहरी भ्यानमा आएका प्रहरीले सडक पेटीमा मोटरसाइकल राखेकै निहुँमा यादवलाई लछारपछार गर्दै प्रहरी भ्यानमा हालेर लगेको प्रत्यक्षदर्शी एफएमका प्राविधिक प्रमुख दिपेन्द्र साहले जानकारी दिए ।

साहले भने, ‘प्रहरीले गाली गर्दै मोटरसाइकल हटाउन भने, तिवारी यादवले गाली नगर्नुस् हामी हटाइ हाल्छु भन्ने वित्तिकै एक जना प्रहरीले लछारपछार गर्दै यादवलाई गाडीमा हालेर लगे ।

प्रहरी भ्यानमा हालेपछि प्रहरीले यादवको मोबाइल पनि खोसेर राखेको साहले बताए । एफएम स्टेशनकै गेटबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएका पत्रकार यादवलाई केही बेर प्रहरीकै भ्यानभित्र राखिएको थियाे  ।

प्रहरी कार्यालयमा अहिले नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चाैहान, पर्सा शाखाका अध्यक्ष श्याम बन्जरा लगायतका पत्रकाहरु पुगेका छन् । पक्राउ परेका यादवलाई प्रहरीले जान भने पनि प्रहरी कार्यालय पुगेका पत्रकारहरु विना कारण पत्रकार नियन्त्रणमा लिने प्रहरी उपर कारबाहीकाे माग गरेका छन् ।

अहिले प्रहरी कार्यालय पर्सामा डिआइजी साहब आउनु भएका कारण एकछिन बस्न पत्रकारहरुलाई पर्सा प्रहरी प्रमुख गंगा पन्तले भन्नु भएकाे छ भने डिआइजी साहेब गए पछि साे घटना बारेमा छलफल हुने छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...

शिक्षा–स्वास्थ्य कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर हटाउने सरकारको निर्णयको स्वागत...

आपतकालीन अवस्थामा दुई बिरामीलाई तेरापंथ युवक परिषद्को रक्त सहयोग

वीरगंज । तेरापंथ युवक परिषद् वीरगंज लगातार दुई दिनमा दुई आपतकालीन रक्तदान अभियान सञ्चालन गर्दै एक नवजात शिशु र एक सुत्केरी महिलाका लागि आवश्यक...