Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

बिश्व रेडक्र्स दिवसकाे अवसरमा विभिन्न कार्यक्रम

spot_img
spot_img

वीरगंज । रेडक्र्सका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर आजका दिन विश्वभरी नै बिश्व रेडक्र्स दिवस मनाउने गरिएकोमा यस बर्ष कोरोना महामारी संक्रमणलाई ध्यानमा राखी पर्सा रेडक्र्सले पनि विभिन्न कार्यक्रम गर्दै दिवस मनाएको छ ।

नेपाल रेडक्र्स सोसाइटी पर्सा जिल्लाका उपसभापति श्रीमती मधु राणाको अध्यक्षतामा झन्डोतोलन कार्यक्रम गरि जन्मदाताको तस्बिरमा माल्याअर्पण गरि पानसमा दिपप्रजवलन गरि सहभागी सबैमा सो दिवसको मन्तव्य सहित शुभकामना आदानप्रदान गर्ने कार्य गरिएको थियो ।

झण्डोतोलन एवं दिपप्रज्वलन पछि स्व.गिरिजा प्रसाद कोइराला फाउन्डेसनको सहयोगमा रेडक्र्स भवन र रक्तसञ्चार केन्द्रको भवनलाई सेनिटाइज गर्ने कार्यमा मन्त्री शैलेन्द्र कुमार चौरासीया, कोषाध्यक्ष महन्थ प्रसाद यादव, उपमन्त्री साबिर अहमद एराज, दिनानाथ रौनियार, लालबाबु सिह, भरत शर्मा, राजु शाह, उदर राज शर्मा, उमेस मिश्र, बिरशम्सेर प्रसाद कुर्मी, लक्ष्मीनारायण राउत, मन्ताज मिया लगायतको उपस्थिति रहेको थियो ।

बिश्व रेडक्र्स दिवसकै अवसर पारेर नेपाल रेडक्र्स श्रीपुरमुर्ली उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम उपशाखाका सभापति दयाशन्कर सिंहको अध्यक्षतामा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ८ जना महिला सहित ३१ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा रक्तदान गर्ने सम्पुर्ण रक्तदाताहरुलाइ प्रमाणपत्र प्रदान गरि शुभकामना एवं धन्यवाद ब्यक्त गरिएको थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्रका सुजित पटेल, सन्दिप कुश्वाहाले प्राबिधिक सहयोग गरेका थिए ।

यस्तै रेडक्रस दिवसको अवसरमा पर्सा रेडक्र्स अन्तर्गत रहेका उपशाखाहरुले समेत विभिन्न कार्यक्रम गरि दिवस मनाएको रेडक्र्स पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...

प्रहरीको नाममा रकम मागेको आरोप, जीतपुरका व्यवसायी असन्तुष्ट

बारा । बाराको जीतपुर बजारमा इलाका प्रहरी कार्यालय (इप्रका) जीतपुरबाट परिचालित रहेको भनिएका सुनिल ठाकुरको गतिविधिलाई लिएर केही व्यवसायीले प्रश्न उठाएका छन्। व्यवसायीहरूले ठाकुरले...