Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

कटीमठको जग्गामा बषौदेखि एउटै व्यक्तिको रजाई, अबैध जग्गा कब्जामुक्त

spot_img
spot_img

पकहामैनपुर । पर्साको पकहामैनपुर गाउँपालिका वडा नं.२ सुर्जाहामा रहेको कटी मठको करिब ६ विगहा जग्गा बर्षौदेखि एउटै व्यक्तिले अबैध रुपमा भोग चलन गर्दै आएको रहस्य खुलेको छ ।

मठ, मन्दिर, पाटी पौवाको संरक्षणको जिम्मेवारी स्थानिय तहले पाएपछि उक्त गाउँपालिकाका केहि अगुवाहरु जग्गा नाप नक्सा गरी मठ संरक्षणमा तदरुकता देखाउनुपर्ने गाउँपालिका समक्ष लिखित निवेदन दिएपछि गाउँपालिकाले अमिन खटाएर उक्त जग्गाको नापी गरेपछि ठेक्का सकार भएको जग्गाभन्दा करिब ६ विगहा जग्गा अबैध रुपमा भोगचलन हुदै आएको रहस्य खुलेको हाे ।

राधाकृष्णा भगवान कटीमठको नाममा रहेको उक्त जग्गा बर्षौदेखि मठ व्यवस्थापन समितीको अध्यक्ष समेत रहेका दिनानाथ साह तेलीले अबैध रुपमा भोग चलन गर्दै आएको स्थानिय अगुवा शम्भु यादवले आरोप लगाउनुभयो । गुठी संस्थान मातहत मठ नजिकै रहेको २८ विगहा जग्गा मध्ये गुठी संस्थान शाखा कार्यालय पर्साले विगतदेखि नै २० विगहा १४ कठा खेतीयोग्य जग्गा ठेक्का गर्दै आएको छ ।

बाकी रहेको ६ विगहा जग्गा मठ संचालन खर्चको लागि गुठी संस्थानले छुटयाएको भएपनि निवर्तमान समितीका अध्यक्ष दिनानाथ साहले आफनो निजी सम्पति ठानेर अबैध रुपमा भोगचलन गर्दै आएको स्थानिय युवा तथा मठको संरक्षणको लागि गाउँपालिकाबाट जिम्मेवारी पाएका जन मनजय दासले आरोप लगाउनुभयो ।

मठकोे सरकारी जग्गा मठ व्यवस्थापन समितीको मिली भगतमा चलन चल्तीभन्दा कम भाउमा ठेक्का हुदै आएको स्थानिय धुरुप साहले बताउनुभयो ।

वि.स.२०२९ सालदेखि गुठी संस्थान मातहत रहि राधेकृष्ण भगवान कटीमठको नाममा मठ नजिकै रहेको २९ विगहा जग्गामध्ये गुठी संस्थान शाखा कार्यालय पर्साले ठेक्का गरेको २० विगहा १४ कठठा जग्गा पकहामैनपुर गाउँपालिका वडा नं.२ मधुबनीका ठेकेदार संजय साह तेलीको नाममा २०७४ सालमा प्रति कठा ६० किलो प्रति बर्ष दिने गरि ठेक्का सकार गर्न लगाई नेपाली कांग्रेसका नेता निचुटा निवासी असर्फी साह र निवर्तमान अध्यक्ष दिनानाथ साहले करिब २७ विगहा खेतीयोग्य जग्गा भोगचलन भोग चलन गर्दै आएका छन् ।

यता मठ व्यवस्थापन समितीका निवर्तमान अध्यक्ष दिनानाथ साहले भने मठको संरक्षणको लागि आफुले बर्षौदेखि लागि परेको बताउदै आफुले अबैध रुपमा नभई ठेकेदारबाट उखु खेतीका लागि केहि मात्र जग्गा लिएको बताउनुभयो । ठेक्काभन्दा बढी जग्गा आफुले नभई ठेकेदारले नै जोतखोन गर्दै आएको वहाले बताउनुभयो ।

निवर्तमान अध्यक्ष साहले मठको जग्गा नाप नक्सा गरि ठेक्का अनुसारको जग्गा मात्र ठेकेदारलाई दिनुपर्ने आफुहरु समितीबाट निर्णय गरिसकेको दाबी गर्नुभयो । निवर्तमान अध्यक्ष साहका अनुसार यदि ठेक्काभन्दा बढी जग्गा ठेकेदारले भोगचलन गरेको भए बाकी जग्गाको बाली मठलाई दिनुपर्ने बताउनुभयो ।

राधाकृष्ण भगवान सुर्जाहा कटीमठको नाममा ६४ विगहा जग्गा रहेको छ । उक्त जग्गामा गुठी संस्थान र मठका महन्थ सुरेन्द्र दासबीच हकभोगको विषयलाई लिएर बर्षौदेखि सर्वोच्चमा मुदा चल्दै आएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ओपन डिबेट एन्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६’ को अडिसन सम्पन्न, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान, वीरगञ्ज र वीरगञ्ज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको ‘Open Debate & Impromptu Speech Championship 2026’ को पहिलो...

सुनसरी गोलीकाण्डको विरोधमा वीरगंजमा प्रदर्शन, घण्टाघरमा टायर बालेर नाराबाजी

वीरगंज । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक हिन्दु युवकको मृत्यु भएको घटनाको विरोधमा सोमबार साँझ वीरगंजमा हिन्दु संगठन तथा सर्वसाधारणले विरोध प्रदर्शन गरेका...

‘आत्महत्या होइन, हत्या हो’ भन्दै लक्ष्मी सिलवाल प्रकरणमा न्यायको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा गत शुक्रबार मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन...