Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पाेखरियामा ६ थुनुवा सहित १५ जनाकाे स्वाब संकलन

spot_img
spot_img

वीरगंज । पाेखरिया नगरपालिकाकाे क्वारेन्टाइनमा रहेका र इलका प्रहरी कार्यालय पाेखरियाकाे थुनुवामा रहेकाहरुकाे काेराेना परिक्षणकाे लागि आज स्वाब संकलन गरिएकाे छ ।

क्वारेन्टाइनमा रहेका ८ जना, थुनुवामा रहेकाे ६ जना र अन्य एक जना गरी १५ जनाकाे काेराेना परिक्षकाे लगि स्वाब संकलन गरिएकाे पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियारले वताउनु भयाे ।

पाेखरिया अस्पतालकाे चिकित्सकाे टाेलीद्वारा सबैकाे स्वाब संकलन गरिएकाे मेयर राैनियारले वताउनुभयाे ।

पाेखरिया अस्पतालका मेसु डा. अनिल यादवकाे नेतृत्वकाे टाेलीद्वारा सबैकाे स्वाब संकलन गरि काेराेना परिक्षणकाे लागि नारायणी अस्पताल वीरगंज पठाइएकाे हाे ।

स्वाब संकलन गर्ने टाेलीमा पाेखरिया अस्पतालका ल्याब टेकनिसियन सागिर अहमद, सुसिल चाैरसिया, दिपिका सिंह लगायतका रहेका थिए । मेयर राैनियारकाे उपस्थिती गरिएकाे स्वाब संकलनमा नगरपालिकाका स्वास्थ्य संयाेजक काैसलेन्द्र मिश्राकाे समेत उपस्थिती रहेकाे थियाे ।

यस अघि श्री जिल्ला उच्चांगल रामदेव कलवार मावि पाेखरियामा रहेकाे नगरपालिकाकाे क्वारेन्टाइनमा १७ जनालाई १४ दिन सम्म राखि काेराेना परिक्षण गरी घर पठाइसकिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...