Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

कालिकामाईकाे क्वारेन्टाइनमा रहेका २२ जनाकाे काेराेना रिपाेर्ट नगेटिभ

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका २२ जनाकाे काेराेना परिक्षण गरिएकाे छ ।

वडा नं. ३ हरिहरपुर स्थित श्री ने.रा. आधारभुत विद्यालयकाे क्वारेन्टाइनमा रहेका १४ जनाकाे आरडिटी टेस्ट र ८ जनाकाे पिसिआर टेस्ट गरिएकाेमा सबैकाे रिपाेर्ट नगेटिभ आएकाे गाउँपालिकाका स्वास्थ्य सह संयाेजक महेन्द्र चाैरसियाले वताए ।

क्वारेन्टाइनमा रहेका २९ जना मध्ये काेराेना परिक्षण गरिएका २२ जनाकाे रिपाेर्ट नगेटिभ आए पछि तिनिहरुकाे अभिभावकाे जिम्मा लगाइएकाे चाैरसियाले जानकारी गराए । अभिभावकका जिम्मा लगाइएका सबै जनालाई एक हप्ता सम्म हाेम क्वारेन्टाइन मै बस्नु पर्ने छ ।

क्वारेन्टाइनमा रहेका ७ जना काेराेना परिक्षण गर्न अझै वाकी रहेकाे आज फेरी नयाँ ३ जनालाईलाई क्वारेन्टाइनमा राखिएकाे स्वास्थ्य चाैकी बिरन्चीबर्वाका प्रमुख निरन्जन चाैरसियाले वताए । पालपाबाट ट्रकमा आएका तिनै जनालाई क्वारेन्टाइनमा राखिएकाे प्रमुख चाैरसियाले जानकारी गराए ।

हाल एक महिला सहित १० जना गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेकाे छन् भने  ति सबै जनालाई १४ दिन सम्म क्वारेन्टाइन मै बस्नु पर्ने छ । सबै जनाकाे पिसिआर परिक्षण गरिने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...