वीरगंज । लागु औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । बुधबार राती १० बजे बिशेष सुचनाको आधारमा प्रहरी चौकी अम्मरपट्टीबाट खटीएको प्रहरी गस्ती टोलीले बिन्दवासिनी गाउँपालिकाकाे वडा नं.०४ अम्मरपट्टी झौवा सडक खण्ड स्थितबाट लागु औषध सहित तिनै जनालाई पक्राउ गरेकाे हाे ।
पर्साकाे विरगंज महानगरपालिका वडा नं. ११ रानिघाट वस्ने वर्ष ४० को प्रभात साह कानुले, साेही ठाउँ वर्ष २९ को संतोष साह र बर्ष ३५ को अशोक चौधरीलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनुभयाे । तिनै जनाकाे साथबाट लागु औषध फेला परेको हुदाँ नियन्त्रणमा लिई इप्रका पाेखरियामा ल्याई लागु औषध सम्वन्धी मुद्दा दर्ता भई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी निरिक्षक सिंहले जानकारी दिनुभयाे ।
निजहरुकाे साथबाट ONEREX ( Chlorphenirarime Maleate & Codeine Phosphate Syrup) ३८ वोतल, NORAD (Sterile Noradrenaline Concentrate I.P.) लेखिएको ईन्जेक्शन ५० एम्पुल, Neoclovir (Aciclovir Intravenous Infusion I.P.) लेखिएको ईन्जेक्शन १५ थान, HUCOG-5000 HP (Highly Purified Chorionc Gonadotophin) Injection 500 I.u. ५० थान, RHOCLONE (Anit–D Rho Lmmunoglobulin Monoclonal लेखिएको ईन्जक्शन ५ थान, WEPOX* 4000 (Erythropoietin Injection IP 4000 I.U लेखिएको ईन्जक्शन १२ थान, Enoxaparin Sodium Injection (I.p/60mg/o.6ml) लेखिएको ईन्जक्शन २० थान, Cerviprime 0.5 mg (Dinoprostone Gel) लेखिएको निडिल सहितको ईन्जेक्शन ६० थान, Red Pam Injection (Pralidoxime Iodide Injection 500 mg) लेखिएको ईन्जेक्शन २५ थान बरामद भएकाे इप्रका पाेखरियाले जनाएकाे छ ।