21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

पलङ भित्र लागु औषध लुकाई छिपाई बिक्री गरिरहेका ५ जना पक्राउ

वीरगंज । घरमा बक्स पलङ भित्र लागु औषध लुकाई छिपाई बिक्री गरिरहेकाे आराेपमा ५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. ३ बस्ने बर्ष ४६ का सन्ताेष पटेल, निजकी श्रीमती बर्ष ३७ की बबिता देवी, छाेरा बर्ष २८ का टिंकु श्रीवास्तव, बिन्दवासिनी गाउँपालिका वडा नं. २ बहुअर्वाभाठा बस्ने बर्ष २८ का राजनाथ यादव र बाराकाे प्रसौनी गाउँपालिका वडा नं.३ नौतन बस्ने बर्ष ३२ को मुग्रिम साहलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

लागु औषध घरमा भण्डार गरी खरिद बिक्रि भइरहेकाे सुचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम ब्रान्चका इन्चार्ज प्रहरी निरीक्षक रविभूषण यादव नेतृत्वमा गएकाे टाेलीले आज विहान ४ बजे वीरगंज ३ स्थित सन्ताेष पटेलकाे घरमा छापा हानी निज सहित ५ जनालाई पक्राउ गरेकाे हाे ।

सन्ताेषकाे घरमा छापा हानी खानतलासी गर्दा बक्स पलङ भित्र बिक्रि बितरण गर्न लुकाई छिपाई राखेको अबस्थामा लागु औषध  Dialex-Dc ८७ बोतल (१००ML), Onerex-१०३ बोतल(१००ML), Nitrazepam-२० पिस, Nitravet- ३६ पिस र Simplexct-८ पत्तामा ५७ पिस फेला पारी निज सन्तोष सहित पांच जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:2.396 sec. Memory consumption:81.44 mb