Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

अन्तत गण्डक काेभिड अस्पताल र नारायणीमा पुन: जेनरल सेवा सुचारु हुने

spot_img
spot_img

बीरगंज । अन्तत गण्डक अस्पताल नै काेभिड अस्पताल र नारायणी अस्पतालमा पहिला जस्तै जेनरल स्वास्थ्य सेवा सुचारु हुने भएकाे छ । बीरगंज महानगरपालिकाको कोभिड अस्पताल सम्बन्धी प्रस्तावलाई संघीय सरकारको स्वास्थ्य मंत्रालयले सदर गरे पछि यस्ताे हुने भएकाे हाे ।

मंगलवार मंत्रीस्तरीय निर्णयबाट कोभिड अस्पताल संचालनको अनुमती पाएकाे वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वताउनुभयाे। महानगरपालिकाकाे प्रस्ताव अनुसार संघिय सरकारले गण्डक अस्पताललाई काेभिड अस्पताल बनाउनु अनुपति प्रदान गरेकाे मेयर सरावगीले वताउनुभयाे। तर पत्र आउन वाकी रहेकाे समेत उहांले वताउनु भयाे ।

बीरगंज महानगरपालिकाले गण्डक अस्पतालसंग कोभिड अस्थायी अस्पताल संचालन गर्ने गरि गरेको सम्झौताका आधारमा नारायणी अस्पतालको ब्यानर तथा नेतृत्वमा कोरोना अस्थायी अस्पताल संचालन हुने गरि निर्णय गर्ने स्वास्थ्यमंत्री भानुभक्त ढाकालले बताउनु भएको गण्डक अस्पतालका संचालक समेत रहेका नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारीले जानकारी दिनु भयाे ।

बैशाख ६ गते  बीरगंज महानगरपालिका र गण्डक अस्पतालका वीचमा सुविधा सम्पन्न कोरोना अस्थायी अस्पताल संचालनमा ल्याउन सम्झौता भएको थियो ।

त्यस अघि गण्डक अस्पतालका संचालक समेत रहेका नेकपा वीरगंज महानगर अध्यक्ष अन्सारीले आफ्नाे हस्पिटल नि:शुल्क रुपमा महानगरलाई काेराेना संक्रमितकाे उपचारकाे लागि दिन घाेषणा गर्नु भएकाे थियाे ।

कोभिड अस्पताल नारयाणी अस्पतालको नाममा संचालन हुनेछ । त्यसको नेतृत्व नारायणीका मेडिकल सुपरिटेण्डेण्टले नै गर्नेछन । अस्पताल संचालनमा आएपछि जोडिएका आवश्यक पूर्वाधारहरु नारायणी अस्पतालकै हुने छन ।

संघ सरकारले कोभिड अस्थायी अस्पताल संचालनकालागि स्रोत उपलब्ध गराउने छ । अन्य ब्यवस्थापन भने बीरगंज महानगरले गर्ने गरि स्वास्थ्य मंत्रालयले कोभिड अस्पताल संचालनको अनुमती दिने भएको नेकपाका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरीले जानकारी दिनु भयो ।

यस अघि नारायणी अस्पताललाई पूर्वत संचालन गर्न माँग गर्दै सबै राजनीतिक दलहरुले आफना मत सार्वजनीक गरेका थिए । महानगरको नेतृत्वमा सर्वदलीय रुपमा स्वास्थ्य मंत्रालयमा ज्ञापन समेत बुझाइएको थियो ।

यस्तै नेपाल चिकित्सक संघ नारायणी वीरगंजले पनि नारायणी अस्पतालकाे जेनरल सेवा सुचारु गर्न र अन्य ठाउँमा काेराेना अस्पताल बनाउन माग गर्दै आएकाे थियाे । नारायणी अस्पतालकाे सम्पूर्ण सेवा सुचारु गर्न माग गर्दै जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले समेत माग गर्दै आएका थिए भने केही दिन अगाडीमा सिंहकाे नेतृत्वमा प्रदर्शन समेत भएकाे थियाे ।

जनता समाजवादी पार्टीका नेता नेजमुद्दिन सम्मानी, ओमप्रकाश सरार्फ, माेनिका सिंह लगायतका नेता तथा व्यक्तिहरुले लकडाउनको पालना गर्दै आँफनै घर अगाडी बसेर धर्ना समेत दिएका थिए । हिजाे (साेमबार) मात्र नेपाली कांग्रेस पर्साले नारायणी अस्पतालकाे सम्पूर्ण स्वास्थ्य सेवा सुचारुकाे मांग गर्दै प्रदर्शन समेत गरेकाे थियाे ।

मंगलवार नेकपाका नेता नागेन्द्र चौधरीको नेतृत्वमा मंत्रालयमा गाएको टोलीले स्वास्थ्य मंत्रीसंग भेटर मध्य तराईका नागरिकले भोगी रहेको स्वास्थ्य समस्याको बारेमा जानकारी गराउदै नारायणी अस्पताललाई पूर्वत संचालनमा ल्याउन माँग गरेकाे थियो ।

स्वास्थयमंत्री ढकालले  महानगरको सम्झौतालाई आधार मानेर कोभिड अस्पताल संचालनको निर्णय लिने प्रतिवद्धता जनाउनु भएको र अस्पताल संचालन सम्बन्धी पत्राचार आजै हुने संविधान सभा सदस्य विचारी यादवले जानकारी दिनु भयो ।

अन्तत वीरगंज महानगरपालिकाका मेयर सरावगी प्रयास र नेता अन्सारीकाे घाेषणाले सार्थकता पाएकाे छ भने याे निर्णयकाे चाैतर्फी स्वागत भइरहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...