Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

व्यवसायको रकमले शेष मकसुदद्वारा राहत वितरण

spot_img
spot_img

वीरगन्ज । पर्साका एक युवाले लकडाउनबाट प्रभावित अतिविपन्न परिवारको लागि राहत जुटाएर दुःखको घडीमा साथ दिएका छन । वीरगन्ज १६ नगवाका शेष जावेद ट्रेडर्सका संचालक २८ बर्षिय शेष मकसुद आफनो व्यवसायको लागि जम्मा गरेको रकमले अतिविपन्न परिवारहरुको राहत समाग्री उपलब्ध गराई प्रशंसा बटुल्न पछि हटेन् ।

महानगरपालिकाले पहिलो चरणमा वडा समिति कार्यालय मार्फत यहाँका अतिविपन्न परिवारलाई राहत वितरण गरिएको थियो ।

लकडाउनको पहिलो चरणमै महानगरपालिकाले दैनिक ज्यालादारी, रिक्सा, ठेला चालक लगायत अतिविपन्न परिवारलाई राहत उपलब्ध गराएको थियो । पहिलो चरणमा महानगरले उपलब्ध गराएको खाद्यन्न समाग्री वडा समितिले विभाजन गरेर प्रतिपरिवार १० किलो चामल, दाल, नुन, तेल वितरण गरेका थिए ।

१० किलो चामलले ५ देखि ८ दिन सम्म मात्र छाकटार्न सकेका थिए । दैनिकी जिवन चालउँन धौं धौं परिरहेको छ । सरकारले उपलब्ध गराएको राहतको समाग्री खाएर सकिएपछि स्थानियलाई दुईछाक टार्न समेत धौं धौं परिरहेको अवस्थामा मकसुदले उनीहरुको दुख सहन नसक्दा आफनो व्यवसायीको लागि जम्मा गरेर राखेको रकमले राहत खरीद गरी स्थानियमा वितरण गरेको हुन ।

उनको यो सराहनी कामको चौतर्फी प्रशंसा समेत भईरहेको छ । कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउन आज ४२ औं दिन पुगि सकेको छ । लकडाउनका कारण अतिआवश्यक खाद्यन्न बाहेक सम्पूर्ण पसलहरु बन्द रहेको छ ।

यहाँ सम्म स्थानिय प्रशासनले माछामासुको पसल पूर्ण रुपमै बन्द गराएको छ । मकसुद पनि कुखुरा व्यवसायी नै हो । लामो समय देखि पसल बन्द रहेपनि व्यवसायी गर्न राखेका रकम स्थानियको उद्दारमा खर्च गर्न पछि हटेनन् । उनले वीरगन्ज १६ नगवा टोलका करिब २०० भन्दा अतिविपन्न परिवारको लागि चामल, दाल, नुन, तेल, आलु, प्यास, लुगा धुने साबुन राहत स्वरुप उपलब्ध गराएको बताए ।

उनले भने, मनुष्यको पहिलो आवश्यकता भोजन नै हो, भोजन भएन भने बाच्न सक्दैनौ । पहिलो प्राथमिकता बाँच्नु पर्छ त्यसपछि मात्र पैसा काम लाग्छ, यदी मनुष्य नै रहेन भने पैसाको कुनै महत्व छैन् त्यसैले आफनो व्यवसायबाट जम्मा गरेको रकमबाट स्थानियको चुल्लो ननिभोस् भन्ने उदेश्यले राहत वितरण गरेको हौं ।

राहत वितरण कार्यक्रममा  वडाध्यक्ष श्यामबाबु चौरसिया, ईलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरिक्षक पुरुषोत्तम महतो, जसपाका नेता अयुबँ मियाँ, मईम मियाँ, सुरेन्द्र सर्राफ, मन्सुर मियाँ, शेख मुसाफिर लगायत जावेद ट्रेडर्समा आवद्ध युवाहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...