Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

काेराेना बिरुद्ध पाेखरियाका हिन्दु र मुस्लिम युवाहरुले संगै गरे रोजा

spot_img
spot_img

वीरगञ्ज ।  मुस्लिमहरुको महान पर्व रमजानको ईफतारीमा आज पाेखरियामा हिन्दु र मुस्लिम युवाहरुलेसंगै रोजा ब्रत बसी रोजा खोली गरेका छन् ।

पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको श्री सिद्धार्थ ईन्टरनेशनल एकाडेमी स्कुलको प्रांगनमा कोरोना भाईरसको माहामारीलाई धपाउन संगै रोजा ब्रत बसी रोजा खोली गरेका हुन ।

पोखरिया युवा समाजको आयोजनामा सामाजिक दुरि कायम गरि सो ब्रत बसेका युवा हरुले रोजा खोलेका हुन् । आपसी सदभाव कायम गर्न र भातृत्व दर्शाउनका लागि यस्तो विषम परिस्थितीमा पनि धार्मिक विभेदलाई निर्मुल गर्नुका साथै जोखिमपुर्ण अवस्थाको अन्त्यको कामना गर्दै रोजा खोली गरेको युवाहरुले वताएका छन् ।

युवा समाज पोखरियाका सुजित गिरी, वडा न. ४ का नौसाद आलम, राकेश महतो, सन्तोष चौहान, महबुल आलम, श्री सिद्धार्थ ईन्टरनेशनल एकाडेमी स्कुलको संचालक तेजप्रताप प्रसाद चौहान, रेडियो पोखरियाका मुखतार आलम, सैलेश गुप्ता लगायतले सँगै बसी रोजा खेलेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...