Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

दालको कालोबजारी गरेको आरोपमा बीरगंजका अग्रवाल पक्राउ

spot_img
spot_img

बीरगंज । लकडाउनमा दालको कालोबजारी गरेको आरोपमा बारा प्रहरीले हिजो साँझ बीरगंजबाट एक जना उधोगीलाई पक्राउ गरेको छ । दालको कालोबजारी गरेको अभियोग लागेका मुक्ति अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनी फरार रहेका थिए । खोजी सूचीमा रहेका महावीर दाल उधोगका संचालक उनका पिता भिखमचन्द अग्रवाल फेला नपरेपछि अर्का संचालक छोरा मुक्ति अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । दालको कालो बजारी गरेको आरोपमा उनलाई पक्राउ गरिएको बाराका प्रहरी नायव उपरिक्ष गौतम मिश्रले जानकारी दिनु भयो ।

बारा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका अग्रवालसंग प्रहरीले बयान लिदै छ । बयान लिएर आजै मुद्धा प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने दवावमा बारा प्रहरी रहेको  छ ।

पक्राउ पर्ने उद्योगीहरुमा बाराको परवानीपुर ४ स्थित नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिजका  सन्चालक मोहनलाल चाचान अग्रवाल र बाराकै छातापिपराको कृष्ण आधुनिक दाल उद्योगका सन्चालक पवन कुमार साह रहेका छन् ।

दाल उत्पादन हुने उधोगले नै कालो बजारी गरेको गुनासोको आधारमा बैशाख ३ गते बाराको स्थानीय प्रशासन र बीरगंज स्थित बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयले परावनीपुरमा रहेको  महावीर दाल उधोगमा अनुगमन गरेको थियो ।

अनुगमन टोलीले उधोग संग सम्बन्धीत कागजात बिभागमा पठाएर निर्णय माँग गरेको थियो । उधोगले कालोबजारी गरेको ठहर गर्दै कारवाही गर्न निर्देशन दिएपछि उधोगका संचालकअग्रवाललाई प्रहरीले खोजी गरेको थियो ।

५८ रुपैया खरिद मूल्य रहेको दालाको बिक्री मूल्य ८८ रुपैया कामय गरिएको छ । तर उधोगले ९८ रुपैयामा बिक्री गरेर कालोबजारी गरेको सूचना पाएपछि स्थानीय प्रशासन हर्कतमा आएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...