Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

चामल विवाद सम्बन्धमा सपाकाे प्रेस विज्ञप्ती, प्राेपगेंडा हाे : मेयर सरावगी

spot_img
spot_img

वीरगंज ।  वीरगंज महानगरपालिकाले गुणस्तरहिन तथा कुहिएर डल्लो परेको चामल राहत वितरणकाे लागि पठाएको समाजवादी पार्टी वीरगंज महानगर कमिटिले आराेप लगाएकाे छ ।

समाजवादी पार्टीका वीरगंज महानगर अध्यक्ष इश्वरचन्द्र यादवले आज एक प्रेस विज्ञप्ती जारी गर्दै वीरगंजकाे वडा नं.१४ मा गुणस्तरहिन र कुहिएर डल्लाे परेकाे चामल महानगरपालिका कार्यालयले पठाएकाे भन्ने खबर प्रति हाम्राे गम्भिर ध्यानकर्षण भएकाे जनाएका छन् ।

बिहीबार वीरगंज महानगरपालिकाले वडा नं. १४ पिपरा टोलमा वितरण गर्न पठाएको चालम गुणस्तरहिन भएको वडाध्यक्ष भरत कुर्मीले भनिरहँदा पनि महानगरपालिकाको नेतृत्वले उनलाई सवालको घेराभित्र पारेको सपा वीरगंज महानगर कमिटिको आराेप छ ।

जारी प्रेस बिज्ञप्तीमा घटनाप्रति महानगरपालिकाको कार्यालयले नगर कार्य समितिका सदस्य रहने निर्वाचित वडाध्यक्ष उपर छानबिन गर्न कार्यपालिका मातहतकै कर्मचारी पठाउनु लोकतान्त्रिक विधि प्रकृया र मुल्य मान्यताको बर्खिलाफ भएको उल्लेख गरिएकाे  छ ।

यस्ता घटनाप्रति छानबिन गर्नको लागि अधिकार प्राप्त सारकारको अंगले कुनै उजुरी वा गुनासो आएपछि प्रयोजनले बहाल गरिएको राष्ट्रसेवक कर्मचारी परिचालन गर्नु बेग्लै कुरा हो तर लोकतान्त्रिक विधि र प्रकृयालाई अंंगिकार गर्ने समाजवादी पार्टीबाटै निर्वाचित मेयर विजय सरावगीले पार्टीको भावना विपरित काम गरेको आराेप प्रेस विज्ञप्ती मार्फत लगाइएकाे छ ।

सपा र रापपा एकिकरण भएर गठित जनता समाजवादी पार्टीको प्रकृया थप अगाडी बढाउने हाम्रा श्रध्येय नेताहरु लागेको बेला वीरगंज महानगरका मेयर सरावगीले गरेको यस्तो हर्कत पार्टीको विधि र सिद्धान्त विपरित भएकोले यसमा आवश्यक कारवाही अगाडी बढाउन प्रदेश र केन्द्रिय समितिलाई आग्रह समेत गरिएकाे छ ।

तर वीरगंज महानगर प्रमुख सरावगीले यसलाई राजनितिक प्राेपगेंडाकाे संज्ञा दिएका छन् । प्रमुख सरावगीले कालिका टाईम्ससंग कुरा गर्दै आफुबाट असन्तुष्ट रहेका पार्टी भित्र कै केही व्यक्तिहरुले राजनितिक प्राेपगेंडा गरेकाे वताएका हुन् ।

उनले भने “चामलमा समस्या आयाे भने चामल फिर्ता गरेर अक्राे चामल लग्नु न समस्याकाे समाधान हाे, आकी पत्रकार बाेलाएर महानगरपालिकालाई बदनाम गर्न खाेज्नु समस्याकाे समाधान हाे । त्यस पछि पनि घटना सम्बन्धमा महानगरले छानविन पक्रिया अगाडी बढाइसकेकाे अवस्थामा प्रेस विज्ञप्ती जारी गरी घटनालाई अन्यन्त्रम माेडन खाेजिएकाे हाे ।”

पार्टी भित्र छलफल नै नगरी ल्याएकाे विज्ञप्ती घटनालाई अक्रै रुप दिन खाेजिएकाे मात्र हाे । यसका साथै वडाध्यक्षले गरेकाे गलत कामकाे ढाक छाेप गर्ने उद्देश्यले समेत विज्ञप्ती जारी गरिएकाे सरावगीकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...