Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

सडकका पशुचौपायालाई वीरगंज युवा समाजले खुवायो आहारा

spot_img
spot_img

वीरगंज । वीरगंजमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको ३७ दिन भएको छ ।

यो अवधिमा मानिसहरु घर बाहिर निस्कन छाड्दा र होटल, पसल बन्द हुँदा वीरगंजका सडकमा हिँड्ने कुकुर, गाईलगायतका पशु चौपाया समस्यामा पर्न थालेका छन् । अहिले सयौँ कुकुर, गाईलगायतका पशु चौपाया वीरगंजको सडकमा छन् । तर लकडाउन सुरु भएयता यस्ता छाडा कुकुर र गाई भोकै परेका हुन् ।

होटल, रेष्टुराँ, मासु पसल सञ्चालन हुँदा सडकका कुुकुरहरुले पेट भर्न पाइरहेका थिए । तर, लकडाउनका कारण यस्ता पसल बन्द भएपछि खान पाएका छैनन् । भोकका कारण कुकुरहरु रिसाउने, खानाको खोजीमा ठाउँ चहारिरहने, झगडा गर्ने गर्ने गर्न थालेका छन् ।

वीरगंज महानगरपालिकाले यस्ता कुकुर र छाडा चौपायालाई लकडाउनको ३७ दिन बितिसक्दा पनि खानेकुरा खुवाउएको छैन । सडकमा छाडिएका कुकुर, तथा पशुचौपायाहरु समस्यामा परेपछि आज वीरगंज युवा समाजले आहारा खुवाएको छ ।

समाजका अध्यक्ष कमल चौगाईँको नेतृत्वमा वीरगंजको विर्ता, लक्ष्मीनारायण टोल, आदर्शनगर, पानीटंकी लगायतको क्षेत्रका सडकमा भौतारिएका कुकुर, गाई तथा पशुचौपायालाई आहारा खुवाएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...