Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

साहिब दरबार र समर्पण सेवाकाे खाना वितरण र सेनिटाइज कार्य जारी

spot_img
spot_img

वीरगंज । साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थानले आज पनि सेनिटाइज कार्य जारी राखेकाे छ । काेराेना भाइरस संक्रमणबाट वीरगंजवासीलाई बचाउन संस्थाद्वारा वीरगंज महानगरपालिकामा भइरहेकाे सनिटाइज जारी रहेकाे साहिब दरबार सेवा संस्थानका अध्यक्ष राजेशमान सिंहले वताउनुभयाे।

वीरगंज स्थित रहेकाे जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला ट्राफिक कार्यालय, ईनर्वा प्रहरी चौंकी लगायत वडा नं ८ र वडा नं ६ मा आज सेनिटाइज गरिएकाे अध्यक्ष सिंहले वताउनुभयाे।

यस अघि पनि जिल्ला प्रहरी कार्यालय, ईनर्वा प्रहरी चौंकी, सशस्त्र सिमा सुरक्षा बेस क्याम्प भंसार, वडा नं ३, वडा नं ९ को रानीघाट, वडा नं २४ को रामगढवा र बहुअरीमा सेनिटाइज गरि सकिएकाे संस्थाले जनाएकाे छ ।

संस्थाले एउटा गाडी मार्फत गराइरहेकाे सेनिटाइज साेमबार देखी ३ वटा गाडी मार्फत गराउन थालेकाे छ । ना. २ च ९७२८ , ना. ४ च ९३४२, र ना. १ च ९५१९ नम्बरकाे गाडी मार्फत सेनिटाइज गर्ने कार्य भइरहेकाे संस्थाले जनाएकाे छ ।

यस्तै संस्थाले ३१ औं दिन पनि वीरगंजका रिक्सा चालक र निमुखा बालबालिकालाई नि:शुल्क खाना वितरण गरेकाे छ । काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा बेसहारा भएकाहरुलाई साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थानले नि:शुल्क रुपमा खाना वितरण गर्दै आएकाे छ ।

संस्थाका सदस्यहरू राजेश सिंह, रूपेश मान सिंह, जय प्रकाश महतो, सलाउद्दीन मंसूरी, लियाकत अली, अफरोज आलम, राहुल तुल्स्यान, जियाउल हक, कलाम मंसूर, चुन्नु मिश्रा लगायतको सहयाेग र सहभागितामा सेनिटाइज तथा खाना वितरण भइरहेकाे संस्थाले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...