Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

अलाैंमा सर्बदलिय समितिद्वारा तेस्राे चरणकाे राहत वितरण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा १७ अलौमा सर्बदलिय समितिले आज तेस्राे चरणकाे राहत वितरण गरेकाे छ ।

जिल्ला समन्वय समितिका पर्साका सदस्य अमोद यादवकाे अध्यक्षतामा बनेको सर्बद्लिय र सर्बपक्षीय समितिले तेस्राे चरणकाे राहत वितरण गरेकाे स्थानिय अजय साहले वताउनु भयाे । लामाे लकडाउनमा समस्यामा परेका वडा अन्तर्गतका एक घरदुरीलाई राहत वितरण गरिएकाे साहले जानकारी दिनुभयाे ।

विभिन्न दाताहरुबाट खाद्यान्न सहयोगमा लिएर अलौका अति गरिब, निमुखा, दैनिक आफ्नो हात मुख जोडन समेत अप्ठ्यारो हुने, वडा कार्यालयकाे राहत वितरणबाट बन्चितहरुकाेलाई राहत वितरण गरिएकाे साहले वताउनु भयाे ।

साहका अनुसार राहतमा चामल १० किलाे,  दाल ५०० ग्राम, तेल आधा लिटर, २५० ग्राम सोयाबिन र एक प्याकेट नुन वितरण गरिएको हाे ।

सर्बदलिय उप समितिले सिफारिस गरेको गरिब निमुखाहरुलाई राहत दिने निति अनुसार तेस्रो चरणमा राहत वितरण गरिएकाे हाे । राहत वितरण गरर्ने सर्बदलिय समितिमा नेकपा अलाैंका ईकाइ अध्यक्ष गङ्गाधर महतो, किसुनदेव यादव, नेपाली कांग्रेसका ओम कृष्ण लामिछाने, जनता समाजवादी पार्टीका राजबन्शी साह कानु, राप्रपाका सुमेश्वर नाथ उपाध्याय, युनिभर्सल युनाइटेड कल्बका अध्यक्ष राजेश पटेल लगायतका रहेका छन् ।

राहत वितरणमा स्थानिय सन्जु छत्कुली, किशुन देव यादव, छोटेलाल साह, हरिनारायण यादव, अजय साह, जादो लाल सहनी, शैलेन्द्र उपाध्याय, जयराम साह कन्वर लगायतकाले सहयाेग गर्दै आएका छन् । यसरी नै राहत वितरण कार्य अझै २/३ दिन सम्म चल्ने सर्बदलिय समितिले जनाएकाे छ ।

महानगरपालिकाबाट वडा कार्यालय मार्फत हुने राहत वितरणमा वडाध्यक्षले एकलाैटी र काखापाखा गरे पक्षि त्यहाँका राजनितिक दलका नेताहरु सर्बदलिय भेेला गरी सर्बदलिय समिति गठन गरी राहत वितरणमा सक्रिय भएका हुन् । यस अघि पनि दुई पटक अलाैंमा याे समितिले राहत वितरण गरि सकेकाे छ । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...