Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

अलाैंमा सर्बदलिय समितिद्वारा तेस्राे चरणकाे राहत वितरण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा १७ अलौमा सर्बदलिय समितिले आज तेस्राे चरणकाे राहत वितरण गरेकाे छ ।

जिल्ला समन्वय समितिका पर्साका सदस्य अमोद यादवकाे अध्यक्षतामा बनेको सर्बद्लिय र सर्बपक्षीय समितिले तेस्राे चरणकाे राहत वितरण गरेकाे स्थानिय अजय साहले वताउनु भयाे । लामाे लकडाउनमा समस्यामा परेका वडा अन्तर्गतका एक घरदुरीलाई राहत वितरण गरिएकाे साहले जानकारी दिनुभयाे ।

विभिन्न दाताहरुबाट खाद्यान्न सहयोगमा लिएर अलौका अति गरिब, निमुखा, दैनिक आफ्नो हात मुख जोडन समेत अप्ठ्यारो हुने, वडा कार्यालयकाे राहत वितरणबाट बन्चितहरुकाेलाई राहत वितरण गरिएकाे साहले वताउनु भयाे ।

साहका अनुसार राहतमा चामल १० किलाे,  दाल ५०० ग्राम, तेल आधा लिटर, २५० ग्राम सोयाबिन र एक प्याकेट नुन वितरण गरिएको हाे ।

सर्बदलिय उप समितिले सिफारिस गरेको गरिब निमुखाहरुलाई राहत दिने निति अनुसार तेस्रो चरणमा राहत वितरण गरिएकाे हाे । राहत वितरण गरर्ने सर्बदलिय समितिमा नेकपा अलाैंका ईकाइ अध्यक्ष गङ्गाधर महतो, किसुनदेव यादव, नेपाली कांग्रेसका ओम कृष्ण लामिछाने, जनता समाजवादी पार्टीका राजबन्शी साह कानु, राप्रपाका सुमेश्वर नाथ उपाध्याय, युनिभर्सल युनाइटेड कल्बका अध्यक्ष राजेश पटेल लगायतका रहेका छन् ।

राहत वितरणमा स्थानिय सन्जु छत्कुली, किशुन देव यादव, छोटेलाल साह, हरिनारायण यादव, अजय साह, जादो लाल सहनी, शैलेन्द्र उपाध्याय, जयराम साह कन्वर लगायतकाले सहयाेग गर्दै आएका छन् । यसरी नै राहत वितरण कार्य अझै २/३ दिन सम्म चल्ने सर्बदलिय समितिले जनाएकाे छ ।

महानगरपालिकाबाट वडा कार्यालय मार्फत हुने राहत वितरणमा वडाध्यक्षले एकलाैटी र काखापाखा गरे पक्षि त्यहाँका राजनितिक दलका नेताहरु सर्बदलिय भेेला गरी सर्बदलिय समिति गठन गरी राहत वितरणमा सक्रिय भएका हुन् । यस अघि पनि दुई पटक अलाैंमा याे समितिले राहत वितरण गरि सकेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...