Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

कालिकामाईकाे वडा नं. १ मा दाेस्राे चरणकाे राहत वितरण सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ मा दाेस्राे चरणकाे राहत वितरण सम्पन्न भएकाे छ ।

वडा अन्तर्गतकाे मुडलीमा आज ४ सय ५१ घरदुरीलाई राहत वितरण गरिएकाे वडाध्यक्ष रामशिष यादवले वताउनु भयाे । यस अघि साेमबार पनि वडा अन्तर्गत कै रबिदास र टिनडाेबियाका २ सय ४१ घरदुरीलाई दाेस्राे चरणकाे राहत वितरण गरिएकाे थियाे ।

दुबै मिलाएर वडा नं. १ मा  ६ सय ९२ घरदुरीलाई राहत वितरण गरिएकाे छ । सर्बदलिय समितिकाे निर्णय अनुसार नै सरकारी मापदण्ड अनुसार राहत वितरण गरिएकाे वडाध्यक्ष यादवले वताउनु भयाे ।

राहतमा चामल ३० किलाे, दाल ३ किलाे, खाने तेल २ लिटर, आयाे नुन २ किलाे, साेयाबिन एक किलाे, साबुन २ वटा र आलु २.५ किलाे र पियाज २.५ किलाे वितरण गरिएकाे वडाध्यक्ष यादवले जानकारी दिनुभयाे।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा समस्यामा परेका गरिब परिवारलाई राहत वितरण गरिएकाे गाउँ कार्यपालिका सदस्य रामानन्द ठाकुरले वताउनुभयाे।

मुडलीकाे राहत वितरण नेपाली कांग्रेसका कालिकामाई गाउँपालिका संयाेजक राजेन्द्र प्रसाद कुर्मी, वडासदस्य जगदिश साह तेली, कदिर मियाँ, ईलाका प्रहरी कार्यालय बिरन्चीवर्वाका असई भरत यादव, शेख अहमद लगायतकाे उपस्थितीमा गरिएकाे हाे ।

यसै बिच प्रमुख प्रशासकिय अधिकृत राजु साहले राहत वितरणकाे अनुगमन गर्नु भएकाे छ । प्रशासकिय अधिकृत साह, याेजना शाखा प्रमुख सुनिल राैनियारले राहत वितरण स्थल मुडलीमा पुगी राहत वितरणकाे अनुगमन गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...