Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

कालोबजारी गरेको आरोपमा उधोगी चाचानसहित पाँच जना पक्राउ

spot_img
spot_img

बीरगंज । लकडाउनमा दालको कालोबजारी गरेको आरोपमा बारा प्रहरीले हिजो साँझ २ उद्योगी सहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने उद्योगीहरुमा बाराको परवानीपुर ४ स्थित नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिजका सन्चालक मोहनलाल चाचान अग्रवाल र बाराकै छातापिपराको कृष्ण आधुनिक दाल उद्योगका सन्चालक पवन कुमार साह रहेका छन् ।

उद्योगपतिद्वय चाचान र साहसंगै प्रहरीले चाचानको उद्योगमा कार्यरत कर्मचारी सुनिल शर्मा, साहको उद्योगका कर्मचारी सुरेश प्रसाद र परवानीपुर ४ लिपनीमालमा रहेको महावीर ओभरसिज प्रालिका कर्मचारी सन्तोष झालाइ पनि पक्राउ गरेको हो ।

दाल उद्योगका सन्चालक चाचान र पवन साहलाई वीरगन्ज स्थित निवासबाट र कर्मचारीहरुलाइ भने उद्योगबाट नियन्त्रणमा लिइएको बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

दाल उत्पादन हुने उधोगले नै कालो बजारी गरेको गुनासको आधारमा बैशाख ३ गते बाराको स्थानीय प्रशासन र बीरगंज स्थित बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयले उधोगहरुमा अनुगमन गरेको थियो । अनुगमन टोलीले नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिज,  कृष्ण आधुनिक दाल उधोग र महावीर दाल उधोगमा अनुगमन गरेको थियो ।

अनुगमन टोलीले उधोग संग सम्बन्धीत कागजात बिभागमा पठाएर निर्णय माँग गरेको थियो । उधोगले कालोबजारी गरेको ठहर गर्दै कारवाही गर्न निर्देशन दिएपछि उधोगका संचालकहरु पक्राउ परेका हुन ।

उधोगहीरुले डलरको भाउ तलमाथि भएको भन्दै आफ्नो बचाउको प्रयास गरेका थिए । उनीहरुको तर्क तथ्यसंगत नदेखिएपछि बिभागले कालोबजारी गरिएको ठहर गरेर कारवाहीको प्रक्रिया अगाडि बढाएको हो ।  लकडाउनको मौका छोपेर उद्योगबाट मसुरो दाल बढि मुल्यमा बिक्री गरि कालोबजारी गरेको आरोपमा दुई दाल उद्योगका सन्चालक र ३ कर्मचारी गरि ५ जनालाइ पक्राउ गरिएको बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

पक्राउ परेका सबै ५ जनालाइ जिल्ला प्रहरी कार्यालय बारामा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक मिश्रले बताउनुभयो । प्रहरीका अनुसार, ३ वटै उद्योगले लकडाउन भन्दा पहिले मसुरो दाल प्रति केजी ८० देखि ८५ रुपैयाको भाउमा बिक्री गरेका थिए ।

तर चैत ११ देखि लकडाउन शुरु भए यता दाल प्रति केजी ९४ देखि ९८ रुपैयाको भाउमा बिक्री गर्दै आएका छन् । लकडाउनमा दाल उद्योगहरुले बढी मुल्यमा दाल बिक्री गरेको गुनासोको आधारमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको टोलीले बजार र उद्योगको अनुगमन गरेको थियो ।  लकडाउन यता ती ३ वटै उद्योगहरुबाट बजारमा बिक्री गरिएका दालको परिमाणका विषयमा पनि अनुसन्धान  भइरहेको मिश्रले बताउनुभयो ।

पक्राउ परेका मध्य मोहनलाल चचान आफूलाई वीरगञ्जका लब्ध प्रतिष्ठित व्यापारी एवम समाजसेवी बताउने बाबुलाल चाचानका भाई हुन् । दालमा कालोबजारी गरेको आरोपमा पक्राऊ परेका माेहनलालका अर्का भाई श्रावण चचानले संचालन गरेको तेल उद्योगबाट उत्पादित निल कमल र श्री ब्राण्डको खाने तेल पनि  लकडाउनको मौका छोपेर गुणस्तरहीन उतपादन गर्ने र अत्याधिक मूल्यमा बिक्री गरी कालो बजारी गरी रहेको बुझिएकाे छ ।

साथै मारवाडी समुदाय कै एकल महिला निलम अग्रवालसंग लिएको रु ३५ लाख निज मोहनलाल चचानले दम्पच गरेको घटना पनि अब उजागर हुने बताइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...