Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

अलपत्र परेकाहरुको उद्धार गर्न माग गर्दै वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगञ्ज । जनता समाजवादी पार्टि सम्बद्ध विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघले आज वीरगञ्जमा विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेको छ ।

लकडाउनका कारण प्रभावित भएका तथा अलपत्र परेकाहरुको उद्धारमा लाग्न संघले सरकारलाई ध्यानाकर्षण गराएको छ । समाजमा रहेका विपन्न तथा गरिब परिवाहरुलाई खानाको समस्या भईरहेका कारण राहत बाँड्नमा ढिलाई नगर्न सरकारलाई आग्रह गरेको छ ।

हचुवाका भरमा भईरहेको राहत वितरणलाई थप प्रभावकारी बनाउँदै विपन्न तथा प्रभावित वर्गलाई प्राथमिकतामा राख्न सुझाव दिएको छ । यस्तै अध्ययन तथा कामको क्रममा विदेशमा रहेका नेपालीहरु लकडाउनका कारण अलपत्र परेकाले यथाशिघ्र उद्धारको व्यवस्थामा जुट्न सरकारलाई आग्रह गरेका हो ।

सामाजिक दुरी कायम गर्दै विद्यार्थी संघका पर्सा अध्यक्ष मधुसुधन चौरसियाको नेतृत्वमा भएको प्रदर्शनमा उपाध्यक्ष सुमित चौरसिया, विद्यार्थी नेता प्रभाकर मोदि, प्रभात चौरसिया, आयुष ठाकुर, सुजित झा, सन्दीप चौरसिया लागयतकाको सहभागिता रहेको थियो ।

वीरगञ्जकाे घण्टाघरमा गरिएको प्रदर्शनका क्रममा अलपत्र तथा प्रभावित भएकाहरुको राहत तथा उद्धारमा लाग्नुको सट्टा भ्रष्टाचारमा फस्दै गएको भन्दै सरकारको आलोचना समेत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...