Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पाेखराबाट भिस्वा आइपुगेका ४३ जनालाई क्वारेन्टाइनमा राखियाे

spot_img
spot_img

वीरगंज । पाेखराबाट एउटै बसमा पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वा स्थित आइपुगेका ४३ जनालाई क्वारेन्टाइनमा राखिएकाे छ ।

भिस्वा स्थित नै रहेकाे छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा ६ भारतिय सहित ३८ जनालाई राखिएकाे र ५ जनालाई धाेबिनी गाउँपालिकाकाे क्वारेन्टाइनमा पठाइएकाे छिपहरमाई गाउँपालिकाका स्वास्थ्य संयाेजक शम्भु साहले वताउनु भयाे ।

बा ४ ख ५७९०  नम्बरकाे बसले आज विहान भिस्वा आइपुगेका भारतिय र छिहरमाई गाउँपालिका घर भएकाहरुलाई छिपहरमाईकाे क्वारेन्टाइनमा राखिएकाे र धाेबिनी गाउँपालिका निवासी ५ जनालाई धाेबिनी गाउँपालिकाकाे क्वारन्टाइनमा पठाइएकाे संयाेजक साहले जानकारी गाराउनु भयाे ।

यस अघि देखी पनि श्री मंगल मावि भिस्वामा रहेेकाे गाउँपालिकाकाे क्वारेन्टाइनमा १६ जना रहेकाे छिपहरमाई गाउँ कार्यापालिकाकाे कार्यालयले जनाएकाे छ ।

विश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथामकाे लागि भएकाे लकडाउनमा पाेखराबाट एउटै बसमा धेरै जना आएकाेले सबैलाई क्वारेन्टाइनमा राखिएकाे प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले वताउनु भयाे ।

ति सबै जनालाई १४ दिन सम्म क्वारेन्टाइन मै राखिने प्रमुख प्रशासकिय अधिकृत साहले जानकारी गराउनु भयाे ।

पाेखराबाट बसमा धेरै जना भिस्वा पुगेकाे गाउँपालिका अध्यक्ष मनाेज गुप्ता थाह पाए लगतै त्यहाँ आफै पुगी सबै जनालाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...