Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

सरकारको अनुमतीको पर्खाईमा वीरगंज काेराेना अस्पताल

spot_img
spot_img

बिरगंज महानगरपालिकाले गण्डक अस्पताल सङ्ग Covied अस्पतालको लागि सम्झौता गरेको लगभग एक हप्ता भयो तर पनि अहिलेसम्म सन्चालन भएको छैन। सुरु सुरुमा कोभिड अस्पताललाई लिएर बिरगंजमा पुरै राजनीतिक र समाजिक दुबै क्षेत्रमा ब्यापक चर्चापरि चर्चा नै चलियो। धेरैले राजनीतिक पनि गरे। शुरुमा बिरगंजमा छुट्टै कोभिड अस्पताल हुनुपर्छ भने चारैतिरबाट माग पनि उठयो कुरा जायज पनि थियोे नेपाल कै प्रवेशद्वार र नेपाल कै आर्थिक राजधानी भएकोले दैनिक हजारौं हजार मान्छेहरु आवत जावत गर्ने भएकोले बिरगंजमा कोभिड अस्पताल हुनु पनि पर्छ तर केन्द्र सरकारको लिस्टमा बिरगंज परेन भने प्रदेश सरकारले सुरुमा भाडा लिएर भएपनि चलाउने कुरा Covied अस्पतालको ज्ञापन दिने बेला भन्यो भने देखावटीको लागि एउटा टोलि पनि आयो तर प्रदेशको लिस्टमा बिरगंज परेन त्यहि बेला बिरगंजको छपकैयामा तिन जना जमातीमा करोना पोजेटिभ पाईयो त्यस पछि चारैतिर भय र त्राशको स्तिथी सृजना भयो भने जब चारै तिरबाट प्रदेश सरकारको आलोचना हुन थाल्यो त्यति बेला देखावटीको लागि एउटा PCR मेसिन टेस्ट हतार हतारमा लयाईयो भने आज झन्डै दस दिन भयो आज सम्म संचालन भएन ।

यसरि चारै तिरबाट कोभिद अस्पतालको माग हुन थालेपछि बिरगंजका मेयर केन्द्र र प्रदेश सरकारको बिरगंज प्रतिको रवौया हेरेर आफैं अगाडी बढि विभिन्न प्राईभेट अस्पताल सङ्ग भाडामा भएर पनि चलाउने हिसाबले कुरा गरे सुरुमा त धेरैले समाजिक संजाल मार्फत म आफ्नो अस्पतालमा पचास सैया कोभीडको लागि महानगरलाई दिन्छु भने खुब डिङ्ग हाके विभिन्न संचार माध्यमबाट खुब ढिढाेरा पटे जब समय आयो त्य्सताको अतोपतो लागेन तर त्यहि बेला नेकपा का नगरकमिटी अध्यक्ष तथा गण्डक अस्पतालका संचालक रहबर अन्सारीले म आफ्नो अस्पताल दिन्छु भने र पछि उ समाजिक सन्जाल मार्फत निशुल्क दिन्छु भने घोषणा पनि गरे भने यता केन्द्र सरकारले पनि तिन जना करोना पोजेटिभ भेतेपछी नारायणी अस्पताल लाई करोना अस्पताल घोषणा गर्यो।

केन्द्र सरकारले नारायणी अस्पताल लाई कोरोना अस्पतालमा घोषणा गरेपछि चारैतिर बाट बुद्धिजीवी र सर्बसाधारण बाट यसको बिरोध हुनथाल्यो भने यता महानगरले पनि बिरगंज बासीहरु को मागप्रती गम्भीर भएर तिन दिनको ईक्छुक सबै लाई सम्बोधन हुने गरि Covied अस्पतालको लागि सूचना जारी गर्‍यो । यो कुरा हेरेर धेरै जनामा बेचैनी उत्पन्न भयो । महानगरले गल्ती गर्दै छ ठुलो पैसाको चल्खेल हुनेवाला छ मेयरका प्रेस सल्लाहकार गोविन्द जिले सबै कुरा मिलाउन चितवन बाट आएका छ्न भने भ्रामक समाचार चलाईयो नारायणी मै covied अस्पताल चलाउनु पर्छ भने पुरा समाजिक संजाल online मिडियामा पुरा प्रचार प्रसार गरियो मेयर माथी झुठो आरोप लगाईयो तर मेयर साब आफु बिरगंज बासी को लागी यस्ता फटहा कुरामा नलागेर अगाडि बढे भने तिन दिन भित्र अरु कोहि नआएको र मात्र गण्डक अस्पतालको मात्र निवेदन परेकोले महानगरले गण्डक अस्पताल सङ्ग निशुल्क रूपमा सम्झौता गर्‍यो तर त्यो पनि केहि मान्छेहरुलाई पचेन। कसरी पचास सैया संचालन हुन्छ भनेर यो सम्झौता कार्यान्वयन नहोस भनेर त्यसको पछाडी पनि केहि मानिसहरु लागे र यस्ता मनिसहरु लास माथी पनि राजनीतिक गर्न छोडदैन्न भने मेयर साब यस्ता फटहाहरु को कुरा नसुनेर अगाडि बढे र नारायणी अस्पतालको मेसुको नेतृत्वमा एउटा कमिटी बनाए र त्यो कमिटी ले पनि एकदम राम्रो र पचास सैया को covied अस्पताल चलाउन सकिन्छ भने रिपोर्ट दियो र अब अस्पताल चलाउन को लागि नेपाल सरकार सङ अनुमानि लिनको लागि पत्र पनि पठाएको छ यसरी पत्र पताएको पाच दिन भएपनी अहिलेसम्म सरकारले अनुमती दिएको छैन ।

यसरि नेपाल सरकारले अनुमती नदिए पछि अहिलेसम्म covied अस्पताल संचालनमा आएको छैन। मेयर साबका अनुसार नेपाल सरकारले अनुमतिपत्र नदिएको कारण संचालन गर्न सकिएको छैन किन भने सरकारले करोनाको ईलाज निसुल्क गर्ने घोषणा गरेकोले सरकारको अनुमति लिन आवश्यक रहेको मेयर साब को भनाइ छ भने चार जिल्लाको बिरामी हरु उपचारको लागि आउने नारायणी अस्पताल को अहिले सबै सेवा बन्द गरिएको छ भने यसबाट बिरगंज को प्राइभेट अस्पतालहरु को लागी यो कमाउने मौका मिलेको छ आज गरीब मानिस हरु बधय भएर प्राइभेट अस्पतालमा जानु परेको छ भने चारै तिर बाट करोना को बिरामी हटाएर सबै सेवा संचालन को लागि सबैले माग गरेका छन भने केहि मनिस सरु गण्डक अस्पताल मा करोना अस्पताल नचलोस र प्राइभेट अस्पतालको कमाई भैइरहोस पनि लागेका छन भने कुरा अहिले बजारमा चलेको छ। यसरि एउटा बिरगंज बासी को हैसियतले सबै राजनीतिक दलहरु सङ्ग मेरो के अनुरोध छ भने तपाईहरु कम्सेकम नेपाल सरकार सङ्ग गण्डक अस्पताल लाई covied अस्पताल संचालन को अनुमति छिटोभन्दा छिटो दिलाउन प्रयास गरिदिनुस भने तपाईं हरुको यो प्रयास बाट गरिबहरुको एउटा मात्र उपचार को लागि आशाको केन्द्र नारायणी अस्पताल चलाउन सकियोस् ।

लेखक मुकेश द्विवेदी वीरगंज महानगरपालिकाका मेयरका राजनितिक सल्लाहकार हुन् ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...