Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

नयाँ अध्याय शुभारम्भ गर्न जनता समाजवादी पार्टीको उदय : पार्टी पर्सा

spot_img
spot_img

वीरगंज । समाजवादी पार्टी, पर्सा र राष्टिृय जनता पार्टी नेपाल, पर्साले आज संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै पार्टी एकताकाे बारेमा धारणा सार्बजनि गरेकाे छ । सपा पर्साका अध्यक्ष रामनरेश यादव र राजपा पर्साका अध्यक्ष जगदीस पटेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा विश्व रुपमा फैलिएको कोरोना महामारीबाट विश्व समुदाय नै त्रसित भएको सर्बविदित नै छ ।

यस्तो बिषम परिस्थितिमा देशवासीको जिउधनको रक्षाको लागि लकडाउनको पूर्णपालना गरि घरमै बसिरहेको अवस्थामा बर्तमान सरकारले लोकतान्त्रिक मूल्यमान्यताको बिरुद्व देशमा अध्यादेश ल्याइ नयाँ राजनितिक तरंग उत्पन्न गर्यो । यसमा विशेष रुपले मधेश र मधेशीदललाई कमजोर बनाउन षडयन्त्र गरियो लेखिएकाे छ ।

यसका साथै नेपालको संघियता, धर्म निरपेक्षता, लोकतन्त्र, गणतन्त्र र समावेशीताको मुदालाइ कमजोर र असफल बनाउने चलखेल, षडयन्त्र चिर्दै राष्टिृय जनता पार्टी र समाजवादी पार्टीको एकिकरणले राजनितिक अग्रमनको एउटा नयाँ अध्याय शुभारम्भ गर्न जनता समाजवादी पार्टी नेपालको उदय भएको उल्लेख गरिएकाे छ ।

संघिय लोकतन्त्र, समावेशिता, गणतन्त्रको रक्षा र महिला, मुस्लिम, दलित,आदिबासी, जनजाती, तथा सबैखाले विभेद र अन्यायमा पारिएको आम नेपाली जनताहरुको चाहनालाइ समुचित सम्बोधन, सुदृढिकरण र संस्थागत गर्न पार्टीको मुख्य दायित्व हुने प्रेस विज्ञप्तीमा लेखिएकाे छ ।

प्रेस विज्ञप्ती मार्फत नै पार्टी एकताकाे सुख्द अवसरमा नेपाली राजनिति इतिहासमा एक अग्रगमनकारी र परिर्वतनकारी शक्ति निमार्णको भुमिका निर्वाह गर्ने दुबैपार्टीका शीर्षनेता, समस्त पार्टीनेता, कार्यकर्ता तथा अन्य सहयोगी महत्वपूर्ण ब्यक्तित्वहरुलाइ हार्दिक बधाइ तथा शुभकामना समेत ब्यक्त गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...