31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

छिपहरमाईबाट म्याद नाघेकाे औषधी बिक्री गरिरहेका डा. झा पक्राउ

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालीका वडा नं. ५ भिस्‍वा बजारबाट म्याद नाघेकाे औषधी बिक्री गरिरहेका एक डाक्टरलाई प्रहरी प्रकाउ गरेकाे छ ।

जि.डि. किल्निकका संचालक डा. मोहन मुरारी झालाई इलका प्रहरी कार्यालय पाेखरियाले पक्राउ गरेकाे हाे । डा. झाले संचालन गरेकाे किल्निकबाट Serovit लेखिएको ३९ थान, Amitrozyme लेखिएको १७ वोतल, Serovit लेखिएको एउटा प्लाष्‍टिकको बट्टामा ३० पत्ता समेतको म्याद नाघेको औषधी वरामद भएकाे इप्रका पाेखरियाले जनाएकाे छ ।

बिशेष सुचनाकाे आधारमा इप्रका पाेखरियाबाट प्रहरी निरिक्षक चन्द्र कुमार सिंहकाे नेतृत्वमा बुधबार खटिएकाे प्रहरी टाेलीले डा. झाकाे किल्निकमा खानतलासी गर्दा म्याद नाघेकाे औषधी बरामद भए पछि डा. झालाई नियन्त्रमा लिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका डा. सिंहलाई आवश्‍यक कारवाहीको लागि औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगंज पठाईएको इप्रका पाेखरियाले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:7.486 sec. Memory consumption:81.5 mb