Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाई नपाद्वारा विपद्मा परेका २ परिवारलाई आर्थिक सहयाेग

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाले विपद्मा परेका २ परिवारलाई आर्थिक सहयाेग गरेकाे छ ।

करेन्ट लागेर मृत्यु भएका एक परिवार र गम्भिर राेग लागेका एक कर्मचारीलाई नगरपालिकाबाट आर्थिक सहयाेग गरिएकाे लेखापाल हरि राउत कुर्मीले वताउनु भयाे ।

बैशाख १० गते करेन्ट लागेर मृत्यु भएका नगरपालिकाकाे वडा नं. २ निवासी जयप्रकाश साहकाे परिवार र ब्रेन केन्सर राेगले ग्रहसित नगरपालिकाकी कार्यालय सहयाेगी संगिता श्रेष्ठलाई रु ५० हजारका दरले आर्थिक सहयाेग गरिएकाे लेखापाल कुर्मीले जानकारी दिराउनु भयाे ।

दुबै जनाकाे घर मै पुगी नगर प्रमुख नितेन्द्र साहले करेन्ट लागेर मृत्यु भएका साहकी श्रीमती अनिता देवी र कार्यालय सहयाेगि श्रेष्ठका श्रीमान् विजयमा श्रेष्ठलाई सहयाेग रकम बराबरकाे चेक हस्तान्तरण गरेका हुन् ।

मेयर साह संगै प्रमुख प्रशासकिय अधिकृत तिर्थ राज पाैडेल, स्वास्थ्य शाखा प्रमुख राजकिशाेर साह पनि चेक हस्तान्तरण गर्न पिडितकाे घरमा पुगेका थिए । दुबै पिडित परिवारकाे आर्थिक अवस्था कमजाेर रहेकाले विपद् काेषबाट कार्यपालिकाकाे निर्णय अनुसार सहयाेग गरिएकाे नगरपालिका कार्यालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...