25.3 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

बहुदरमाई नपाद्वारा विपद्मा परेका २ परिवारलाई आर्थिक सहयाेग

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाले विपद्मा परेका २ परिवारलाई आर्थिक सहयाेग गरेकाे छ ।

करेन्ट लागेर मृत्यु भएका एक परिवार र गम्भिर राेग लागेका एक कर्मचारीलाई नगरपालिकाबाट आर्थिक सहयाेग गरिएकाे लेखापाल हरि राउत कुर्मीले वताउनु भयाे ।

बैशाख १० गते करेन्ट लागेर मृत्यु भएका नगरपालिकाकाे वडा नं. २ निवासी जयप्रकाश साहकाे परिवार र ब्रेन केन्सर राेगले ग्रहसित नगरपालिकाकी कार्यालय सहयाेगी संगिता श्रेष्ठलाई रु ५० हजारका दरले आर्थिक सहयाेग गरिएकाे लेखापाल कुर्मीले जानकारी दिराउनु भयाे ।

दुबै जनाकाे घर मै पुगी नगर प्रमुख नितेन्द्र साहले करेन्ट लागेर मृत्यु भएका साहकी श्रीमती अनिता देवी र कार्यालय सहयाेगि श्रेष्ठका श्रीमान् विजयमा श्रेष्ठलाई सहयाेग रकम बराबरकाे चेक हस्तान्तरण गरेका हुन् ।

मेयर साह संगै प्रमुख प्रशासकिय अधिकृत तिर्थ राज पाैडेल, स्वास्थ्य शाखा प्रमुख राजकिशाेर साह पनि चेक हस्तान्तरण गर्न पिडितकाे घरमा पुगेका थिए । दुबै पिडित परिवारकाे आर्थिक अवस्था कमजाेर रहेकाले विपद् काेषबाट कार्यपालिकाकाे निर्णय अनुसार सहयाेग गरिएकाे नगरपालिका कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.445 sec. Memory consumption:82.5 mb